Jul 27 2026 | २०८३, श्रावण ११ गते

फ्युचर स्टार स्कुलले मनायो २७ औं  वाषिर्कोत्सव तथा अभिभावक दिवस

फ्युचर स्टार स्कुलले मनायो २७ औं  वाषिर्कोत्सव तथा अभिभावक दिवस

  • 1.5K
    SHARES

  • फ्युचर स्टार स्कुलले मनायो २७ औं  वाषिर्कोत्सव तथा अभिभावक दिवस

    फागुन, २८ गते/काठमाडौँका। काठमाडौँ महानगरपालिका १३ छाउनीस्थित फ्युचर इङ्लिस स्कुलको २७ औं  वाषिर्कोत्सव तथा अभिभावक दिवस भब्य रुपमा मनाएको छ। मंगलबार काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा बिबिध साँस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको हो।

    FB_IMG_1741755365814.jpg

    वाषिर्कोत्सव कार्यक्रम स्कुलका संस्थापक प्राचार्य मनोज श्रेष्ठको सभापतित्व तथा पूर्व सँस्कृति, पर्यटन र सहकारी मञ्त्री एवम् काठमाडौं क्षेत्र नं. ८ ' क' का वाग्मती प्रदेश सदस्य श्री शेलेन्द्र मान बजाचर्यको प्रमुख आथित्यतामा सम्पन्न भयो। भने कार्यक्रममा वडा नम्बर १५ का इश्वरमान डंगोल, नेशनल प्याब्सनका महासचिव प्रकाश खड्का, वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारी, लगायत कामपा शिक्षा विभागका बि. ‍नि. लक्ष्मी पौडेल, स्थानिय स्तरका समाजसेवी, विभिन्न स्कुलका प्राचार्य र सयौं अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

    IMG_4518 (1)~2.JPG

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा बागमती प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्राचार्यले शिक्षा क्षेत्रमा निजि स्कुलको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो। निजि विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको हुनाले विद्यालयप्रती अभिभावकको बिश्वास गर्ने बताउनुभयो। उहाँले फ्युचर स्टार स्कुलले ब्यबहारिक शिक्षामा जोड दिएको बताउनुभयो। फ्युचर स्टारले भाषा तथा संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भुमिका खेलेको समेत बताउनुभयो।

    IMG_4625~2.JPG

    प्रमुख अतिथि बज्राचार्यले देशको शासन प्रणालीमा समस्या भएका कारण युवाहरु बाहिर जाने गरेको बताउनुभयो। हामिले युवाहरूलाई रोजगारको अवसर दिनुपर्छ, देशप्रती सकारात्मक धारणा प्रबाह गर्नुपर्छ । त्यसो गर्न सकेमात्रै युवाहरु बिदेश जान रोकिन सक्ने बताउनुभयो। उहाँले अब आफ्नै देशमा संघर्ष गर्दै उत्पादनमा जोडिनुपर्ने बताउनुभयो। हाम्रो भुमी र राष्ट्रको कुरा गर्दा हामिले हाम्रो संस्कृती, भुगोललाई चिनाउन सक्नुपर्छ भन्दै हाम्रो संस्कृतीप्रती अपनत्व हुन सकेमात्रै नेपालको हाम्रो राष्ट्रियता बलियो हुने बताउनुभयो ।

    IMG_4531 (1)~2.JPG

    कार्यक्रममा बोल्दै वडा नम्बर १५ का अध्यक्ष इश्वरमान डंगोलले फ्युचर स्टार स्कुल बालबालिकाको भविष्य निर्माणको सन्दर्भमा साचिकै स्टार रहेको बताउनुभयो । फ्युचर स्टार आफैमा स्टार छ। धेरै चम्किला तारा यस स्कुलबाट निस्किसकेका छन। धेरै राम्रो स्थानमा पुगेका छ्न। यस विद्यालयमा पढाउने अभिभावकहरु भाग्यमानी हुनुहुन्छ। त्यसैले सबैले यस विद्यालयलाई सहयोग गरौ। डंगोलले भन्नुभयो।

    IMG_4551 (1)~2.JPG

    वार्षिकोत्सबका अवसरमा कार्यक्रमका अध्यक्ष श्रेष्ठले हाम्रा विद्यार्थीहरु नैतिक र सामाजिक मूल्यमान्यताहरु सकारात्मक रुपमा अवलम्बन गर्न सकून् भन्ने उद्देश्यले उनीहरुको चाहाना अनुरूप सिकाइ प्रकृया अगाडि बढाइएको कुरामा जोडदिनु भयो। साथै विद्यार्थीहरूका लागि व्यक्तित्व विकास तथा नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गर्ने, शिक्षकहरूलाई नियमित तालिम प्रदान गर्दै नवीनतम शिक्षण विधिहरूको प्रयोग गर्ने जस्ता कुराहरुमा विद्यालय सचेत रहेको बताउनुभयाे ।

    IMG_4581 (1).JPG

    २७औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाईरहदा लामो समय कार्यरत शिक्षक, कर्मचारीहरुलाई सम्मान गरेको थियो। साथै विभिन्न बिधामा उत्कृष्ट विद्यार्थीहरुलाई समेत पुरस्कर बितरण गरेको थियो।

    कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीहरु डा. आयुष खड्का (नर्भिक इन्टरनेशनल अस्पताल), शाखा अधिकृत अस्मिता राई ( गृह मन्त्रालय ) र डाक्टर कृष्टिना शाही ( इन्टर्न एनएमसी )लाई सम्मान र अवार्ड प्रदान गरिएको थियो।

    IMG_4613~2.JPG

    कार्यक्रममा विद्यार्थीहरुले नेपालको संस्कृति झल्काउने नृत्य तथा गायनहरु प्रस्तुत गरेका थिए भने अभिभावकहरु आफ्नो बालबालिकाले गरेको अभिनय देखेर दंग परेका थिए।

    FB_IMG_1741755377786.jpgFB_IMG_1741755381478.jpgFB_IMG_1741755394823.jpgFB_IMG_1741755409216.jpgIMG_4492 (1)~2.JPGIMG_4487 (1).JPG

    images
    बुधवार, फाल्गुण २८ २०८११०:५३:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार