Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सनको १६औं महाधिवेशन सम्पन्न: नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

प्याब्सनको १६औं महाधिवेशन सम्पन्न: नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

  • 482
    SHARES

  • प्याब्सनको १६औं महाधिवेशन सम्पन्न: नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

    काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १६ औं महाधिवेशन सम्पन्न भएको छ। तत्कालीन अध्यक्ष डिके ढुङ्गानाको अध्यक्षतामा गत २६ र २७ गते काठमाडौमा भएको महाधिवेशन सम्पन्न भएको हो।

    १६औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

    FB_IMG_1741792632332.jpg

    सपथ ग्रहण पश्चात् बोल्दै नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले आफ्नो कार्यकालमा प्याब्सनमा आवद्ध विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानमा गर्न थप भुमिका खेल्ने बताए । अध्यक्ष अधिकारीले शिक्षासम्बन्धी मुद्दालाई प्रभावकारी ढंगले उठाउने भन्दै नेपालका निजी विद्यालयहरुले दिएको गुणस्तरीय शिक्षाका बारेमा विश्वभर चर्चा हुने गरेको भन्दै यसलाई निरन्तरता दिन शिक्षाको विश्वव्यापीकरण गर्ने दाबी गरे ।

    अध्यक्ष अधिकारीले विद्यालय शिक्षा ऐनमा निजी विद्यालयका विषय समावेश गर्ने, निजी विद्यालयका सम्पत्तिको सुरक्षा लगायत समग्र शिक्षासम्बन्धी मुद्दालाई प्रभावकारी ढंगले उठाउने बताएका छन् ।

    उनले भने– ‘हाम्रो पहिलो प्राथमिकता भनेको शिक्षा विधेयक नै हो । शिक्षा विधेयकमा हाम्रो विद्यालयहरु कम्पनीमा रहनु पर्छ । २०५८ सालमा हामी कम्पनीमा आएका हो । यो आजिवन कम्पनीमा रहनु पर्छ भन्ने हाम्रो पहिलो मुद्दा हो । दोस्रो मुद्दा शिक्षा र करिक्युलमका बारेमा छ, गुणस्तरका बारेमा छ । हामी गुणस्तरीय शिक्षा यो देशमा प्रदान गरी रहेका छौँ । र संसारभरी प्राइभेट स्कुलको एजुकेशनले गर्दा नेपालको शिक्षाको नाम संसारमा रहेको छ । यसलाई कन्टिन्युटी दिँदै ग्लोबलाइज गर्दै छौँ ।

    तेस्रो मुद्दा भनेको चाहीँ प्याब्सनमा रहेका ५ हजार निजी विद्यालयहरुलाई एउटा असल विद्यालय बनाउने र त्यो भित्र क्वालिटी एजुकेशन दिने र प्याब्सनका विद्यार्थी, प्याब्सनका शिक्षक र अभिभावकहरुलाई एउटा राम्रो परिस्थितिमा लैजाने हो उनले भने । अध्यक्ष अधिकारीले प्याब्सनको सही कामले संस्थाको गरिमा बढेको दाबी गरे ।

    प्याब्सनको १६औं महाधिवेशनले सहअध्यक्षमा गोपाल आचार्य, वरिष्ठ उपाध्यक्षमा दिपिका रिमाल, उपाध्यक्षहरुमा आशिष श्रेष्ठ, थकिन कुमार गुरुङ, महासचिव आर. बि. कटुवाल, कोषाध्यक्षमा गणेशबाबु पोखरेल, निर्वाचित भएका छन् ।

    images
    बुधवार, फाल्गुण २८ २०८१०८:४८:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार