Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल शिक्षक महासंघद्वारा माओवादी केन्द्रीय कार्यलयमा धर्ना 

नेपाल शिक्षक महासंघद्वारा माओवादी केन्द्रीय कार्यलयमा धर्ना 

  • 1.2K
    SHARES

  • नेपाल शिक्षक महासंघद्वारा माओवादी केन्द्रीय कार्यलयमा धर्ना 

    चैत, १ गते/ काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनका क्रममा नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वरमा धर्ना दिएको छ । सरकारले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकहरुले धर्ना दिएका हुन्।

    यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दबाब दिने उद्देश्यले विभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना दिइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो ।

    यसपटकको आन्दोलन निर्णायक भएको भन्दै चाँडोभन्दा चाडो विद्यालय शिक्षा ऐन अघि बढाउन उनले आग्रह गरे । 

    दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले यसअघि नै जनाएको छ । त्यस्तै, चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौंकेन्द्रित सडक आन्दोलन गर्ने महासंघको भनाइ छ । 

    images
    शुक्रवार, फाल्गुण ३० २०८१०६:४०:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार