Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल शिक्षक महासंघद्वारा एकीकृत समाजवादीको कार्यालयमा धर्ना

नेपाल शिक्षक महासंघद्वारा एकीकृत समाजवादीको कार्यालयमा धर्ना

  • 920
    SHARES

  • नेपाल शिक्षक महासंघद्वारा एकीकृत समाजवादीको कार्यालयमा धर्ना

    चैत, २ गते/काठमाडौं । नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलनका क्रममा शनिबार (चैत २) नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा धर्ना दिइएको छ । सरकारले यसअघिका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकले आलोकनगरस्थित उक्त पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।

    सबैखाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दा अब जारी हुने विद्यालय शिक्षा विधेयकमा समेटिनुपर्ने महासंघको माग छ । यसअघिका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गरिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

    दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिइने महासंघले जनाएको छ । शिक्षकले यसअघि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा धर्ना दिएका थिए ।

    माग पूरा नभए चैत ७ देखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन गर्ने तय छ । चैत २० गतेदेखि काठमाडौंकेन्द्रित अनिश्चितकालीन सडक आन्दोलन गर्ने महासंघले जनाएको छ ।

    images
    शनिवार, चैत्र १ २०८१०५:११:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार