Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल शिक्षक महासंघद्वारा राष्ट्रिय स्वतन्त्र पार्टिको कार्यलयमा धर्ना।

नेपाल शिक्षक महासंघद्वारा राष्ट्रिय स्वतन्त्र पार्टिको कार्यलयमा धर्ना।

  • 939
    SHARES

  • नेपाल शिक्षक महासंघद्वारा राष्ट्रिय स्वतन्त्र पार्टिको कार्यलयमा धर्ना।

    चैत, ३ गते/काठमाडौँ। नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलनका क्रममा आइतवार (चैत ३) राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालयमा धर्ना दिइएको छ । सरकारले यसअघिका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकहरुले बनस्थलिस्थित उक्त पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।

    महासंघले यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका केन्द्रीय कार्यालयहरूमा धर्ना दिइसकेको थियो। शिक्षक महासंघले ऐन जारी नहुँदासम्म आन्दोलन जारी राख्ने बताउदै आएको छ।

    महासंघले माग पूरा नभए चैत ७ देखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन गर्ने तय छ । चैत २० गतेदेखि काठमाडौंकेन्द्रित अनिश्चितकालीन सडक आन्दोलन गर्ने महासंघले जनाएको छ ।

     

     

    images
    आइतवार, चैत्र २ २०८१०६:५४:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार