सोमवार, चैत्र ३ २०८१
काठमाडौ महानगरपालिकाले शैक्षिकसत्र शुरु हुनु अगावै विद्यार्थी भर्ना नगर्न अनुरोध गरेको छ। कतिपय विद्यालयले शैक्षिक सत्र शुरु नहुँदै विद्यार्थी भर्ना गरेको भन्ने जनगुनासो आएको हुँदा महानगरले शैक्षिकसत्र शुरु हुनु अगावै विद्यार्थी भर्ना नगर्न अनुरोध गरेको हो।
काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ (६) मा कसैले पनि शैक्षिक सत्र शुरु नभई विद्यार्थी भर्ना गर्न गराउन नहुने व्यवस्था रहेकोले शैक्षिक सत्र शुरु नभई नियमावली विपरित विद्यार्थी भर्ना नगर्नु नगराउनु हुन अनुरोध गर्दै अन्यथा प्रचलित कानुनबमोजिम कारबाही जनाएको छ।
