Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि अन्तर्गतका क्याम्पसहरुमा आज हुने स्ववियु निर्वाचन ८ बजे देखी

त्रिवि अन्तर्गतका क्याम्पसहरुमा आज हुने स्ववियु निर्वाचन ८ बजे देखी

  • 639
    SHARES

  • त्रिवि अन्तर्गतका क्याम्पसहरुमा आज हुने स्ववियु निर्वाचन ८ बजे देखी

    चैत, ५ गते/काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । विश्वविद्यालय ४६ वटा अंगिक क्याम्पस सहति अरु सम्बन्धन प्राप्त क्याम्पसहरुमा अहिले ८ बजे देखि चुनाव हुन लागेको हो

    मतदान बिहान ८ बजेदेखि ४ बजे सम्म हुनेछ । यद्यपि देशैभर विभिन्न आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ । ‘रोकिएका क्याम्पसमा सहमतिको प्रयास भइरहेको छ । सहमति भए १५ दिनभित्र चुनाव गराउने त्रिवि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको तयारी छ।

    विद्यार्थी संख्या २०० जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० जनासम्म विद्यार्धी भएको क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ ।

    यद्यपि त्रिवि विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।

    अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ ।

    सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ । विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने जनाइएको छ । मतदानका लागि २० वटा यन्त्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ ।

    स्ववियु निर्वाचनको तयारी भइरहेका बेला त्रिविको चर्चित क्यामपस रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा सोमबार मध्यराति अनेरास्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको बताइएको छ। त्यस्तै सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ । निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिएका छन्।

    आज हुने स्ववियु निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको छ ।

    images
    मंगलवार, चैत्र ४ २०८१०७:०८:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार