मंगलवार, चैत्र ४ २०८१
हैत, ५ गते/ काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकका लागि निवृत्तिभरण कोष २०८२ वैशाख १ गते देखि लागु हुने जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रीले सोमवार प्रतिनिधिसभामा संशोधन स्वीकार गर्दै उक्त निर्णय भएको जनाइएको हो ।
सचिवालयका अनुसार नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ मा विधेयकको दफा १२ मा रहेको निवृत्तिभरण कोष ऐन, २०७५ को दफा ९ को खण्ड (क) पछि (क)(१) शिक्षक सेवा’ थप गरिने र उक्त खण्ड बमोजिमको व्यवस्था २०८२ साल बैशाख १ गतेदेखि प्रारम्भ हुनेछ ।
शिक्षकहरूको लागि निवृत्तिभरण कोष २०८२ वैशाखबाट मात्र लागु हुने भएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यूले आज प्रतिनिधिसभामा संशोधन स्वीकार गर्दै ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ मा विधेयकको दफा १२ मा रहेको निवृत्तिभरण कोष ऐन, २०७५ को दफा ९ को खण्ड (क) पछि देहायको (क)(१) शिक्षक सेवा’ थप गर्न प्रस्ताव भएकोमा निवृत्तिभरण कोष ऐन, २०७५ मिति २०७५/१२/४ बाट प्रारम्भ भएकोमा विधेयकमा प्रस्तावित व्यवस्थाको भूत प्रभावी असर नहुने सुनिश्चितताको लागि निम्न बमोजिम संशोधन स्वीकार गर्दछु’। सचिवालयले सामाजिक सञ्जाल मार्फात जानकारी दिँदै भनेको छ ‘।
