मंगलवार, चैत्र ४ २०८१
चैत, ५ गते/ काठमाडौँ । विद्यालय शिक्षा विधेयकबारे संसदीय समितिमा आजबाट दफावार छलफल सुरु भएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिमा आज (बुधबार) बाट दफावार छलफल सुरु भएको हो । संसदमा २०८० भदौ २७ मा दर्ता भएको विधेयक माथि प्रदेश अन्तर्गत छलफल, विज्ञ र सरोकारवालाबाट आएको सुझावसँगै सांसदबाट परेको संशोधनलाई एकीकृत गरेर दफावार छलफल सुरु भएको हो।
यसैगरी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले दफावार छलफल एक महिनाभित्र सक्ने गरी अगाडी बढ्नु पर्ने विषयलाई समितिमा जोड् दिएका छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । यो विधेयक २०८० भदौ २७ मा दर्ता भएको थियो ।