Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक आन्दोलन : चैत ७ देखि १५ गतेसम्म रिले अनसन ।

शिक्षक आन्दोलन : चैत ७ देखि १५ गतेसम्म रिले अनसन ।

  • 1.3K
    SHARES

  • शिक्षक आन्दोलन : चैत ७ देखि १५ गतेसम्म रिले अनसन ।

    चैत, ६ गते काठमाडौँ। नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन अन्तर्गत भोलि चैत ७ गते देखि रिले अनशन शुरु गर्ने भएका छन। दोस्रो चरण अन्तर्गत २०८१ चैत्र ७ गतेबाट १५ गतेसम्म रिले अनशन गर्ने भएका हुन्।  रिले अनशन अन्तर्गत भोलि चैत ७ गते बिहान ८ बजेदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शुरुआत गर्ने जानकारी दिइएको छ।

      चैत्र ७ गतेबाट आरम्भ भएको अनशनमा पहिलो दिन सहअध्यक्ष एवम् आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीको नेतृत्वमा १५ जना महिला शिक्षक-कर्मचारी साथीहरु अनशनमा बस्ने  जानकारी दिइएको छ। साथै हरेक दिन अनशन विहान ८ः०० बजेबाट शुरु भई बेलुका ६ः०० बजेसम्म चल्नेछ ।

    यसअघि शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन अन्तर्गत राजनीतिक दलका केन्द्रिय कार्यलयहरुमा धर्ना दिएका थियो।

    रिले अनसन पश्चात् आगामी चैत्र २० गतेबाट काठमाडौं केन्द्रित प्रदर्शन हुनेछ ।

    Messenger_creation_390CCFF1-9F8F-4AF2-8CB4-5BD65AF77A22.jpeg

     

     

    images
    बुधवार, चैत्र ५ २०८१०९:१०:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार