बिहिवार, चैत्र ६ २०८१
चैत, ७ गते/ काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बाट शुरु हुदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ ५ लाख १४ हजार ७१ जनाले परीक्षा दिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
बोर्डले लिने परिक्षाको प्रश्नपत्र, सिम्बोलनम्बर, उत्तरपुस्तिका र अन्य सामाग्री प्रतेक परीक्षा केन्द्रमा पुगिसकेको र देशभर परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको बोर्डले जानकारी दिएको छन्। परीक्षामा एकसय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराख्ने भएको छ ।
यसैगरी यो वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थीले एसइई परीक्षा दिने छन्। त्यस्तै यो पल्टको एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ । परीक्षा नियन्त्रक पौडेलले काठमाडौँ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ।
एसइईमा कीर्तिपुस्थित सफलता एचआइभी शिक्षा सदनबाट पनि ४ जना विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सातसय ८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेका छन।
परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।
चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्धितियको परीक्षा सञ्चालन हुनेछ ।
लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छभने चैत १९ सम्म सञ्चालन परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तिर्ण भएका थिए ।