Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षा मन्त्रालयले शिक्षक तालिमको मोडल परिवर्तन गर्दै

शिक्षा मन्त्रालयले शिक्षक तालिमको मोडल परिवर्तन गर्दै

  • 895
    SHARES

  • शिक्षा मन्त्रालयले शिक्षक तालिमको मोडल परिवर्तन गर्दै

    चैत, १० गते/ काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई प्रदान गर्दै आएको तालिमको मोडल परिवर्तन गर्ने भएको छ। हालको तालिम मोडलले शिक्षकहरूको आवश्यकता पूरा गर्न नसकेको ठहर गर्दै मन्त्रालयले नयाँ मोडालिटीमा तालिम सञ्चालन गर्ने योजना बनाएको हो।

    शिक्षा मन्त्री विद्या भट्टराईले शिक्षा पत्रकार समूहले तयार पारेको प्रतिवेदन बुझ्ने कार्यक्रममा यस्तो जानकारी दिएकी हुन्। उनले तालिमको प्रभावकारिता अभाव र परम्परागत मोडलका कारण यो परिवर्तन जरुरी भएको बताइन्। “तालिमका लागि बजेट तल जान्छ, प्रदेशमा तालिम पनि हुन्छ, तर प्रभावकारिता छैन। परम्परागत मोडलका तालिम छन्। यो मोडल परिवर्तन गर्न शिक्षकहरूको सर्भे गरिरहेका छौँ। सर्भेपछि राष्ट्रियस्तरमा नेश्नल पोलिसी डायलग गर्छौ र त्यसपछि तालिमको मोडालिटी तय गर्छौ,” मन्त्री भट्टराईले भनिन्।

    मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई यसका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको छ। मन्त्री भट्टराईले यो कामको सुरुवात भइसकेको र चाँडै नै नयाँ तालिम मोडालिटी तयार हुने बताइन्। “अब शिक्षक भनेको शिक्षक नै हुनुपर्छ। पेसागत दायित्व पूरा गरेर अघि बढ्नुपर्छ। राजनीतितिर भन्दा आफ्नो जिम्मेवारीमा ध्यान दिनुपर्छ,” उनले थपिन्।

    शिक्षकहरूको चेतना र ज्ञानलाई पेशासँग जोड्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले पेसालाई मर्यादित बनाउन नसकेसम्म समाजलाई प्रतिस्पर्धी बनाउन नसकिने धारणा राखिन्। नयाँ तालिम मोडालिटीले शिक्षकहरूको व्यावसायिकता र दक्षता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

    images
    आइतवार, चैत्र ९ २०८१०८:५९:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार