Jul 28 2026 | २०८३, श्रावण १२ गते

विवादकै बीच शिक्षक सेवा आयोगले वैशाख मसान्त भित्रै बिज्ञापन गर्ने !

विवादकै बीच शिक्षक सेवा आयोगले वैशाख मसान्त भित्रै बिज्ञापन गर्ने !

  • 2.7K
    SHARES

  • विवादकै बीच  शिक्षक सेवा आयोगले वैशाख मसान्त भित्रै बिज्ञापन गर्ने !

    काठमाडौ - शिक्षक सेवा आयोगले वैशाख मसान्त भित्रै शिक्षकको बिज्ञापन गर्ने भएको छ। शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्ति प्रति ‘अर्घेल्याईं’ गर्दै आएका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको शैली माथि कडा प्रतिकृया दिदैं लोक सेवा आयोगले यस अघिको सिफारिसको निर्णय फेरबदल नहुने जवाफ दिएको छ ।

    गत फागुन ४ गतेको मन्त्री स्तरीय निर्णयको हवाला दिदैं सिफारिस भएका नामहरुमा पुर्नविचार गर्न मन्त्री श्रेष्ठले गत शुक्रबार आयोगमा पत्र पठाएका थिए ।

    मन्त्रीको यस किसिमको शैलीलाई राजनीतिक पुर्वाग्रह सहित ‘दुस्साहस’ का रुपमा व्याख्या गर्दै आयोगले अदालतको आदेश बाहेक निर्णय फेरबदल हुन नसक्ने चुनौती सहित मन्त्री श्रेष्ठलाई जवाफ दिएको छ । पत्र पाएको आधा घण्टामै आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली आफैंले प्रतिउत्तर लेखेका आयोग श्रोतले बतायो ।

    मन्त्री श्रेष्ठक उक्त कदमले शिक्षक सेवा आयोगले माग भई आएका १५ हजार शिक्षकको बिज्ञापन गर्न सकेको छै। चैत्र भरिमा शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्ति गरि आगामी बैशाख मसान्त सम्ममा शिक्षकको बिज्ञापन गर्ने आयोग श्रोतले बताएको छ।

    बिगत लामो समय देखि हजारौ शिक्षक दरबन्दी खालि रहेको अवस्थामा समेत शिक्षा क्षेत्रमा यस्तो किसिमको समूह र पार्टीगत स्वार्थ जोडिनु र यसलाई कुनै प्रतिष्ठा संग जोडिनु दुर्भाग्य रहेको बिज्ञहरु बताउछन् ।

     

    images
    शुक्रवार, फाल्गुण २८ २०७७०४:५०:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार