Oct 03 2026 | २०८३, आश्विन १७ गते

प्रशंसा नगरेको भन्दै नगर प्रमुखले गरे शिक्षक सरुवा ।

प्रशंसा नगरेको भन्दै नगर प्रमुखले गरे शिक्षक सरुवा ।

  • 1.5K
    SHARES

  • प्रशंसा नगरेको भन्दै नगर प्रमुखले गरे शिक्षक सरुवा ।

     

    चैत, १२ गते कालीकोट। नगर प्रमुखलाई प्रशंसा नगरेको भन्दै कालीकोटको रास्कोट नगरपालिका प्रमुखले बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बराल र खेमराज न्यौपानेको नियम बिपरित सरुवा गरेका छन्। नगरप्रमुख धर्मराज शाहीले गाउँमा हिँड्दा, विद्यालयमा जाँदा भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट नगरेको भन्दै शिक्षक बराल र न्यौपानेलाईलाई सरुवा गरेको बताइएको छ।

    शिक्षक बरालले आफूहरूले व्यक्तिगत प्रशंसा गर्न नसकेको र त्यसैका आधारमा दैनिक धम्क्याउने मात्र होइन, शिक्षा समितिको निर्णयविपरीत सरुवा गर्ने गरेकोप्रति आपत्ति जनाउनुभयो । शिक्षा समितिको बैठकमा व्यक्तिगत आग्रह पूर्वाग्रहले विद्यालयमा राम्रो गरिरहेका शिक्षकद्वय बराल र न्यौपानेलाई नगरप्रमुख शाहीले शाखालाई तुरुन्त सरुवा गर्न निर्देशन दिनुभएको थियो । शिक्षकले पाउने सेवाबाट दुई हजारदेखि सात हजार रुपियाँसम्म तलब कटौती गर्नेदेखि माओवादी आस्थाभन्दा फरक आस्था राख्ने शिक्षकमाथि अन्याय भइरहेको अन्य कर्मचारी बताउँछन् ।

    शिक्षक बराललाई यसअघि मोतीराम माध्यमिक विद्यालयको प्रअबाट सरुवा गरेर उक्त ठाउँमा माओवादी आस्थावान् अमरनाथ योगीलाई प्रअको जिम्मेवारी दिइएको थियो । कालाशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक आशा केसी धमलालाई हटाइएको छ । बडीमालिका माध्यमिक विद्यालयलाई जिल्लाकै नमुना बनाउने प्रअ पुष्पराज बराललाई समेत सरुवा गर्ने नगरप्रमुखको योजना थियो । उहाँलाई सरुवा गरेर अरूलाई ल्याउँदा विद्यालयका सबै उपलब्धि गुम्ने भनी उहाँकै पार्टी माओवादीका नेताले सुझाव दिएपछि बराललाई यथावत् राखिएको जनाइएको छ ।

    शिक्षा ऐन र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले गाउँ शिक्षा समितिलाई सरुवाको अधिकार दिएको छैन । अति आवश्यक परेमा सिफारिस गर्ने मात्र अधिकार छ तर अन्तिम निर्णय दिने अधिकार प्रदेशका शिक्षा विकास निर्देशनालय तथा शिक्षा समन्वय एकाइको हो ।

    रास्कोट नगरपालिकाका प्रमुख शाहीले यसअघि पनि शिक्षकलाई जथाभाबी सरुवा गर्दै आफ्नो पार्टीमा आस्था राख्ने सबै शिक्षकलाई जिम्मेवारी दिनुभएको थियो । नगरप्रमुख शाहीको निर्देशनमा गरिएको समितिको निर्णयविरुद्ध उच्च अदालतमा मुद्दासमेत परेको छ । तर मुद्दा अगाडि नबढाउन निवेदक पक्षलाई सहमति गर्ने आश्वासन दिए पनि सरुवा बदर गर्न भने नगरप्रमुख शाहीले मान्नुभएन । शिक्षक सरुवा गर्दा करारलाई मात्र गर्ने अधिकार गाउँ शिक्षा समिति अर्थात् नगर शिक्षाको हो तर रास्कोटमा मनलाग्दी चलिरहेको छ । यता शिक्षा शाखा प्रमुख खेमराज शाहीले आफूलाई सरुवा गर्ने निर्देशन आएकाले गरेको र किन के कारण भन्ने कुरा नगरप्रमुखलाई नै जानकारी हुने बताउनुभयो। गोरखापत्र

    images
    मंगलवार, चैत्र ११ २०८१०५:५०:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार