Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई १ लाख ५१ हजार छात्रवृत्ति ।

एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई १ लाख ५१ हजार छात्रवृत्ति ।

  • 547
    SHARES

  • एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई १ लाख ५१ हजार छात्रवृत्ति ।

    चैत, १३ गते गुल्मी। जिल्लाको छत्रकोट गाउँपालिकाले एसइई परीक्षमा चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाख ५१ हजार रुपियाँ दिने भएको छ । गाउँपालिकाको शिक्षा समितिको चैत २ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

    शिक्षा समितिको निर्णय अनुसार ३.९० देखि ३.९९ जिपिए ल्याउनेले ५१ हजार र ३.८० देखि ३.८९ लिपिए प्राप्त गर्ने विद्यार्थीलाई २५ हजार गाउँपालिकाले प्रदान गर्नेछ। यो वर्ष छत्रकोट गाउँपालिकाका दुई परीक्षा केन्द्रबाट एक सय पाँच जना छात्रा र एक सय २२ छात्र गरेर दुई सय २७ जनाले एसईइ परीक्षा दिइरहेको छन्।

    छत्रकोटमा नौ सामुदायिक र एक संस्थागत गरेर १० मावि, चार आधारभूत र १४ प्रावि छन्। गाउँपालिकाले पहिलेदेखि नै २.८ जिपिए ल्याएर गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा प्लस टु पढ्नेलाई पूर्ण छात्रवृत्ति तथा प्लस टु गरेर गाउँपालिकाभित्र स्नातक अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको छ ।

    images
    बुधवार, चैत्र १२ २०८१०७:५९:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार