Jul 27 2026 | २०८३, श्रावण ११ गते

शालिन शब्दमा शिक्षा मन्त्री भन्छिन् आन्दोलन रोख्नुस, सम्बादमा आउनुस्, अप्ठ्यारो पर्नसक्छ

शालिन शब्दमा शिक्षा मन्त्री भन्छिन् आन्दोलन रोख्नुस, सम्बादमा आउनुस्, अप्ठ्यारो पर्नसक्छ

  • 2.0K
    SHARES

  • शालिन शब्दमा शिक्षा मन्त्री भन्छिन् आन्दोलन रोख्नुस, सम्बादमा आउनुस्, अप्ठ्यारो पर्नसक्छ

    चैत, १३ गते/ काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनले गर्दा विद्यालय शिक्षा विधेयक पारित गर्न कठिन हुने भएकाले संवादमा आउन आग्रह गरेकी छन। नेपाल शिक्षक महासंघको अनशन स्थल शिक्षा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बुधबार पुगेकी शिक्षा, विज्ञान प्रविधिमन्त्री विद्या भट्टराई आन्दोलनले अफ्ट्यारो पर्न सक्ने भन्दै यस्तो आग्रह गरेकी हुन्।

    शिक्षा ऐन छिटो ल्याउन संवाद प्रमुख उपाय हो मन्त्री भट्टराईले भनिन्- ‘आन्दोलन गर्दा भोलि अफ्ठ्यारो पर्न सक्छ। त्यो अवस्था नबनोस् भन्नेमा तपाईंहरू सचेत हुनुहुन्छ। त्यसैले संवादमै जोड दिऔँ।’ उनले  देशभरका शिक्षकलाई काठमाडौँ बोलाएर आन्दोलन गर्नुभन्दा बरु मागहरू अगाडि राखेर  समाधान खोज्नुपर्नेमा जोड दिइन्। उनले भनिन्- ‘संसद्ले काम सुरु गरिसक्यो। बसौँ, संवाद गरौँ। विधेयकमा केके कुरा समेटेरे लैजाने, अनशन बस्न नपर्ने वातावरण कसरी तयार गर्ने भन्ने विषयमा छलफल गरौँ।’

    त्यस्तै वार्ताका विषयमा बोल्दै मन्त्री भट्टराईले भनिन्- ‘हामीले वार्ता भनेका छैनौँ, सहजीकरण समिति बनाएका छौँ। छिटोभन्दा छिटो विधेयक पास गर्ने गरी महासंघले सहजता दिनुभएकै छ। यसले ऐन निर्माण प्रक्रियालाई गति दिन मद्दत गर्छ।’

    मन्त्री भट्टराईले आफ्नो स्वास्थ्य समस्याका कारण विधेयक निर्माणको काम केही ढिलो भएको स्वीकार गर्दै अहिले विधेयक टुंग्याउने प्रक्रिया तीव्र रूपमा अघि बढेको बताइन्। उनले ऐन निर्माणका लागि गठित ११ सदस्यीय उपसमितिले अहिले तीव्र रूपमा काम गरिरहेको जानकारी पनि मन्त्री भट्टराईले दिएकी छन्।

    उनले विधेयकमा अझै पनि नसमेटिएका विषय भए ल्याउन महासंघलाई आग्रह गरिन्। शिक्षा ऐन ५२ वर्षपछि आउन लागेको हुँदा यसमा गम्भीर छलफल आवश्यक रहेको भन्दै उनले सबै पक्षलाई सहयोग गर्न आग्रह गरिन्। ‘ऐन छिटो पारित गर्न मन्त्रालय प्रतिबद्ध छ। तपाईंहरू निश्चिन्त हुनुहोस्’, मन्त्री भट्टराईले भनिन्।

    यद्यपि विद्यालय शिक्षा विधेयक संसद्‌बाट तत्काल पारित गर्न दबाब दिने उद्देश्यले शिक्षकहरू महासंघको अगुवाइमा माघ २० गतेदेखि काठमाडौ केन्द्रित आन्दोलनको तयारी गरेको छ। कि जितिन्छ ! कि बितिन्छ भने नारा सहित बिगतमा भएका सम्झौताहरु सहित अग्रगामी शिक्षा बिधेयक नआउन्जेल आन्दोलन नरोकिने महासंघले बताएको छ। आन्दोलनमा तीन लाख भन्दा बढी शिक्षक उतार्ने आन्दोलन परिचालन समिति संयोजक तथा महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले बताइन्। उनले भनिन्, ‘शिक्षामन्त्रीले जस्तो आश्वासन दिए पनि हामी आन्दोलनबाट पछि हट्दैनौँ। कि जितिन्छ कि बितिन्छ भन्ने हाम्रो नारा नै छ। संसद्‌बाट विद्यालय शिक्षा विधेयक पारी नहुन्जेलसम्म आन्दोलन चलिरहनेछ।’

    यसैगरी नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अब संवादको कुनै जरुरी नभएको बताए। यसैगरी उनले सहजीकरण समितिको पनि औचित्य नरहेको बताए। सुवेदीले भने, ‘समितिमा खर्चिने समय ऐन निर्माणमा लगाउँदा राम्रो हुन्छ। हाम्रो घोषित आन्दोलन स्थगित हुँदैन। ऐन जारी नभएसम्म निरन्तर आन्दोलन हुन्छ।’

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार