मंगलवार, चैत्र १८ २०८१
चैत २० गते/काठमाडौं । नेपाल शिक्षक महासंघले चैत २० अर्थात भोलि देखि काठमाडौ केन्द्रित अनिश्चितकालीन सडक आन्दोलन गर्ने भएका छन। शिक्षक महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन शिक्षक संग बिगतमा गरिएका सम्झौता सहित विद्यालय शिक्षा बिधेयक जारी नगरुन्जेल आन्दोलन गर्ने भएका हुन्।
आन्दोलन ल्मा करिब ४ लाख शिक्षक उतार्ने महासंघले जनाएको छ। पत्रकार सम्मेलनमा सम्पूर्ण राजनीतिक दल निकटका शिक्षक संगठनहरू उपस्थिति रहेका थियोे । जसमा सबै शिक्षक संगठनहरूले सामुहिक रूपमा आन्दोलन गर्न गइरहेकाे बताएका थिए ।
स्थायी राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी/करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी शिक्षा ऐन जारी नभएसम्म आन्दोलन निरन्तर चल्ने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए।
नेपाल शिक्षक महासङ्घ र सरकार बिच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्नु यस आन्दोलनको उद्देश्य रहेको छ। आन्दोलन शान्तिपूर्ण, अनुशासित र मर्यादित हुने महासंघले जानकारी दिएको छ।
यस्तो छ विज्ञप्ति
