बुधवार, चैत्र १९ २०८१
काठमाडौँ। नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन अन्तर्गत काठमाडौं केन्द्रित सडक आन्दोलन आज देखि शुरु भएको छ। बिगतमा शिक्षकसंग गरिएका सम्पुर्ण मागहरु अक्षरस पालना गर्दै शिक्षा ऐन चाँडो जारी गर्न दवाब दिने उदेश्यले गरिएको सडक आन्दोलन मंगलबार काठमाडौको माइतिघरमा र्याली गर्दै शुरु भयो।

२०८० साल असोजमा भएको शिक्षकको वृहत् प्रदर्शनपश्चात् भएको सम्झौता बमोजिम शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै देशभर बाट शिक्षकहरू दोस्रो पटक काठमाडौँ आएका हुन् ।
‘अघिल्लो पटकको आन्दोलनपछि सरकारसँग सहमति भयो । तर कार्यान्वयन भएन । हामी फेरि सडकमा आउन बाध्य भयौं,’ आन्दोलनमा सहभागी एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले भने, ‘२०२८ सालदेखिको शिक्षकका समस्या अहिलेसम्म राज्यले सुनेन । अब शिक्षा ऐन जारी नहुन्जेल आन्दोलन रोकिदैन।'

नयाँ संविधानअनुसार आउनुपर्ने संघीय शिक्षा ऐन नआउँदा शिक्षकहरु अपहेलित हुनुपरेको अधिकारिको भनाई छ। ‘अन्य सरकारी सेवाजस्तो सेवा-सुविधा छैन तर शिक्षकहरू अपहेलित हुनुपर्यो,’ शिक्षक अधिकारीले भने ।
बिद्यालय शिक्षा ऐनमा शिक्षकसंग बिगतमा गरिएका सम्झौता सहित शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै अधिकारिले शिक्षा ऐनका लागि आफू मर्न तयार रहेकोसमेत उनले बताए ।
त्यसैगरी शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेधिले गत वर्ष सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएकाले र बिद्यालय शिक्षा बिधेयक ल्याउन ढिलाई गरेकोले अनिश्चितकालिन शैक्षिक हडताल गरिएको बताए।

विद्यालय शिक्षा बिधेयक नआउदा एसईईको पुस्तिका समेत नजाँच्ने गरि सबै काम छोडेर शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ आएका छन् । यसको सम्पुर्ण जिम्मा सरकारले लिनुपर्छ। अध्यक्ष सुवेधिले भने ‘माघ-फागुनदेखि स्थानीय तहदेखि नै आन्दोलन भइरहेको सरकारलाई पनि थाहा छ । तत्पश्चात हरेक पार्टिका केन्द्रिय कार्यलयमा धर्ना दिएर ज्ञापनपात्र बुझाएको, र त्यति हुदासमेत ऐन नआएपछी ९ दिन शिक्षा तथा मानव स्रोत बिकास केन्द्रमा रिले अनसन बसेर दबाब दिएको तर षड्यन्त्रपुर्वक संसदको अधिवेशन बन्द गरेकोले बाध्य भएर अनिश्चितकालीन आमहडतालमा जानुपरेको र यसको पूर्ण जिम्मा सरकारले लिनुपर्छ,’ उनले भने । कि जितिन्छ ! कि बितिन्छ !! आन्दोलनको मुल ध्येय य यहि हो। सुवेधिले भने।

आगामी वैशाख १ गते बाट नयाँ शैक्षिक शत्रको लागि भर्ना अभियान पनि छ । तर सरकारले शिक्षकको मागको नजरअन्दाज गरेकोले काम छोडेर सरकारलाई घच्घच्याउन शिक्षक सडकमा आएका छन्। आज आहिलो दिन शिक्षा ऐन जारी गर्न माग गर्दै देशैभरिबाट शिक्षकहरु काठमाडौँ आएको र आउने क्रम जारी रहेको शिक्षक महासंघले जनाएको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर हजारौं शिक्षकहरू काठमाडौं आएको नेपाल शिक्षक महासंघकी सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीले बताइन। भोलि (बिहीबार) थप शिक्षक/कर्मचारी आउनुहुन्छ,’ उनले भनिन् । देशभर करिब ४ लाख शिक्षक/कर्मचारीमध्ये डेढ लाख जति सडक आन्दोलनमा सहभागी हुने पराजुलिको दाबी छ ।

यसअघि शिक्षकहरुले ३ असोज २०८० मा आन्दोलनमा उत्रिएका थिए । ५ असोजमा ६ बुँदे सहमति भएपछि उक्त आन्दोलन रोकिएको थियो ।
हाल विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ ।