Jul 27 2026 | २०८३, श्रावण ११ गते

चैत २५ गतेबाट आम शैक्षिक हडताल - महासंघ ।

चैत २५ गतेबाट आम शैक्षिक हडताल - महासंघ ।

  • 1.6K
    SHARES

  • चैत २५ गतेबाट आम शैक्षिक हडताल - महासंघ ।

    काठमाडौ - नेपाल शिक्षक महासंघले चैत २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरेको छ। महासंघले एक बिज्ञपति जारी गर्दै शैक्षिक हडतालको घोषणा गरेको हो।

    नेपाल शिक्षक महासङ्घ २०८१ माघ २० गतेबाट निरन्तर आन्दोलनमा छ। यसैक्रममा २०८१ चैत्र २० गतेबाट काठमाडौमां शैक्षिक सडक आन्दोलन चलिरहेको छ। गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन भएको महासंघले जनाएको छ।

    महासंघले आन्दोलनलाइ अझ सशक्त बनाउन २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरिएको छ । अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक-कर्मचारी साथीहरुलाई आग्रह गर्दछौ बिज्ञप्तिमा भनिएको छ।

    साथै यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरुमा जोडदार आग्रह गरेको छ। आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरी दिनुहुन विद्यार्थी, अभिभावक, विं व्य स लगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गर्दछौ बिज्ञप्तिमा उल्लेख छ।

    FB_IMG_1743906170134.jpg

    images
    आइतवार, चैत्र २३ २०८१०८:१४:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार