Jul 27 2026 | २०८३, श्रावण ११ गते

शैक्षिक हडताल : दार्चुलाको शैल्यशिखरमा कक्षा ८ को ग्रेड वृद्धि परीक्षा स्थगित

शैक्षिक हडताल : दार्चुलाको शैल्यशिखरमा कक्षा ८ को ग्रेड वृद्धि परीक्षा स्थगित

  • 574
    SHARES

  • शैक्षिक हडताल : दार्चुलाको शैल्यशिखरमा कक्षा ८ को ग्रेड वृद्धि परीक्षा स्थगित

    दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा भोलीबाट सञ्चालन हुने भनिएको कक्षा ८ को ग्रेड वृद्धि परीक्षा स्थगित भएको छ ।

    नेपाल शिक्षक महासंघद्धारा शिक्षा ऐन संसोधनको माग सहित राष्ट्रव्यापी शैक्षिक आमहडतालका कारण चैत्र २५ गते (भोली) र २६ गते (पर्सी) हुने भनिएको कक्षा ८ को ग्रेड वृद्धि परीक्षा अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको हो।

    शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्रबहादुर बिष्टले एक जारी गर्दै शिक्षक हरुले शैक्षिक आमहडतालमा ऐकेवद्धता जनाउने भएपछि परीक्षा व्यवस्थापनमा समस्या हुने भएकाले परीक्षा स्थगित गरिएको बिज्ञप्तिमा उल्लेख छ।

    यसअघि शैल्यशिखर नगरपालिकामा सञ्चालन भएको आधारभूत तह वार्षिक उर्तिण परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४० प्रतिशत विद्यार्थी उर्तिण भएका थिए।

    काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरुले चैत २५ देखि आम शैक्षिक हड्तालको घोषणा गरेका छन् ।

    Screenshot_2025-04-06-15-34-39-96_683217e859333056183f9c92847ceb42.jpg

    images
    आइतवार, चैत्र २३ २०८१०३:३६:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार