Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षकका माग सम्बन्धमा प्रधानमन्त्रीको ब्रिफिङ

शिक्षकका माग सम्बन्धमा प्रधानमन्त्रीको ब्रिफिङ

  • 2.8K
    SHARES

  • शिक्षकका माग सम्बन्धमा प्रधानमन्त्रीको ब्रिफिङ

    काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक समुदायका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल गर्नुभएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवसँग शिक्षकका मागहरू बारे छलफल गर्नुभएको हो।

    छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासङ्घको आव्हानमा काठमाडौँ जारी आन्दोलनमा उठाइएका मागबारे अवगत गराइएको थियो । बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षाको कानुन निर्माणको प्रक्रिया र सरकारले तत्काल पूरा गर्न सक्ने माग र गुणस्तरीय शिक्षाको सुनिश्चितता आदि विषयमा छलफल भएको थियो ।

    छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।

    बिगतमा गरिएका सम्झौता अनुरुप शिक्षा ऐन छिटो जारी गर्न भन्दै गत २० गतेबाट नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु काठमाडौ केन्द्रित सडक आन्दोलन गरिरहेका छन भने आजबाट अनिश्चितकालीन आम शैक्षिक हडताल शुरु गरेका छन।

    images
    सोमवार, चैत्र २४ २०८१०६:५३:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार