मंगलवार, चैत्र २५ २०८१
काठमाडौ। माइलस्टोन युथ इङ्लिस स्कुलको १९औं वार्षिक अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष क्याप्टेन बिनय गिरिको सभापतित्व तथा राष्ट्रिय किताबखाना (शिक्षक)का उप-महानिर्देशक नन्दलाल पौडेलको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भयो।

अभिभावक दिवसको अवसरमा बोल्दै प्रमुख अतिथी पौडेलले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलाप अवलोकन गर्दा नागार्जुन क्षेत्रभरिमा माइलस्टोन अब्बल रहेको बताउनुभयो। शैक्षिकसत्रको अन्त्यमा समेत विद्यार्थी तथा अभिभावकको बलियो उपस्थितिले उनिहरुले विद्यालयलाई बिश्वास गरेको बुझ्न सकिने साथै विद्यालयले समेत पठनपाठन लगाएत अन्य शैक्षिक क्रियाकलापले अभिभावकहरुको मन जित्न सफल भएको बताउनुभयो।

पौडेलले अब स्थानीय पठनपाठन लगाएत बिश्वब्यापी ज्ञान हाँसिल गर्न सक्ने र संस्कार सहितको शिक्षामा विद्यालयहरुले जोड दिनुपर्ने बताउनुभयो।बालबालिकाको सर्वाङ्गिण बिकासको लागि विद्यालयले काम गरेकै छ, पौडेलले भन्नुभयो, 'नागार्जुन भित्र मात्रै समाज रहेन अहिलेको समाज भनेको ग्लोबल भिलेज हो। संसारभरी भएका गतिविधिहरु बारे जानकार दिन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्नुपर्छ।' शिक्षणसंस्थालाई हाम्रो समुदायमा मात्रै आधारित बनाउने होइन राष्ट्र र अन्तराष्ट्रका अभ्यासहरुलाई विद्यालय भित्र ल्याएर अहिलेको सुचना र प्रविधिलाई एकाकार गर्दै अगाडि बढ्न सक्ने बालबालिका निर्माण गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै प्रिन्सिपल शिवराम गिरिले माइल स्टोन युथ इङ्लिस स्कुलले आजको युग सुहाउँदो शिक्षा साथै संस्कार सहितको शिक्षा दिन लागि परेको बताउनुभयो। उहाँले बिद्यालयले उत्कृष्ट नतिजाका साथसाथै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएकोले अभिभावकहरुले निरन्तर बिश्वास गरेको बताउनुभयो ।

अभिभावक दिवसको अवसरमा बोल्दै नागार्जुन नगरपालिका, वडा ७ का शैलेन्द्र लामाले नागार्जुन नगरपालिका भरिकै उत्कृष्ट शिक्षण संस्था माइल स्टोन युथ इङ्लिस स्कुलको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो।

अभिभावक दिवस कार्यक्रममा नागार्जुन नगरपालिका वडा ८ का अध्यक्ष सुरज कुमार पोखरेल, वडा नम्बर ६ का अध्यक्ष देवेन्द्र राज गिरि, एनप्याब्सन काठमाडौ जिल्लाका सचीव रामबाबु सेढाई, सानका अध्यक्ष तथा लिटिल क्लाइम्बर्स स्कुलका प्रिन्सिपल दिलिप रेग्मी, एनप्याब्सन नागार्जुनका अध्यक्ष चन्द्र क्षेत्री लगाएत स्थानिय समाजसेवी, शैक्षिक ब्याक्तित्व तथा विद्यार्थी, अभिभावकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम स्कुल भाइस प्रिन्सिपल दिनेश भट्टराईले संचालन गर्नुभयो। इसिए इन्चार्ज बिन्दु गिरिले सहयोग गर्नुभयो।

अन्त्यमा सभापति तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिनय गिरिले उपस्थित अतिथिहरु, अभिभावक तथा विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो।

अभिभावक दिवसको अवसरमा विद्यार्थीहरुले बिभिन्न सांस्कृतिक नृत्य, गायन तथा उद्घोषण मार्फत आफ्नो क्षमताको प्रदर्शन गरेका थिए।

माइलस्टोन युथ इङ्लिस स्कुल ऐलेसम्मको एसईईको नतिजा अनुसार उत्कृष्ट ५० बिद्यालय भित्र तीन पटक परिसकेको छ। यस बर्ष नगरपालिकाले लिइएको कक्षा ८ को नतिजा समेत सत प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएको बिद्यालयले जनाएको छ। साथै औसत जि.पि.ए ३.५० प्राप्त गरि नागर्जुन नगरकै उत्कृष्ट नतिजा हासिल गरि यस बर्षको प्रथम विद्यालय हुन सफल

