मंगलवार, चैत्र २५ २०८१
काठमाडौ। बिगतमा गरिएका सम्झौता बमोजिम बिद्यालय शिक्षा छिटो जारी गर्न दवाब दिने उदेश्यले आयोजित काठमाडौ केन्द्रित अनिश्चितकालका सडक आन्दोलन आज सातौ दिन जारी छ।
शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले पुन: बार्ताका लागी आव्हान गरेको छ। आज एक बिज्ञपति जारी गर्दै पुन बार्ताका लागि आह्वान गरेको हो।
विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट केही दिनदेखि काठमाण्डौ-केन्द्रीत ध्यानाकर्षण कार्यक्रम सञ्चालन भइरहेको सन्दर्भमा साझा धारणा निर्माण गर्न मिति २०८१ चैत्र २१ र २२ गते छलफल र परामर्शका लागि यस मन्त्रालयबाट आह्वान गरिएको र त्यसका बाबजुद हालसम्म यस मन्त्रालयसँग औपचारिक रूपमा त्यस्तो छलफल तथा परामर्श हुन सकेन र हालसम्म पनि ध्यानाकर्षण कार्यक्रम निरन्तर नै रहेको सन्दर्भमा यस मन्त्रालयमा भोलि मिति २०८१/१२/२७ गतेका दिन वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः आमन्त्रण गरिन्छ। मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा लेखिएको छ।
साथै, वार्ता र संवादको समय तालिका आपसी सल्लाह अनुसार तय गरिने बिज्ञप्तिमा उल्लेख छ।