Jul 27 2026 | २०८३, श्रावण ११ गते

सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरी अनिवार्य सरकारी स्कुलमा पढाउनुपर्ने

सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरी अनिवार्य सरकारी स्कुलमा पढाउनुपर्ने

  • 1.2K
    SHARES

  • सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरी अनिवार्य सरकारी स्कुलमा पढाउनुपर्ने

    चैत, २७ गते/ ओखलढुंगा। जिल्लाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि सरकारी सेवामा रहेका शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरूका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकबाट भएको उक्त निर्णय कार्यान्वयन गर्न पालिकाले सूचना जारी गरेको हो ।

    अभिभावक र सबै पालिकाबासीलाई जानकारी गराउन सूचना जारी गरिएको प्रशासकीय अधिकृत सन्तोष गौतमले जानकारी दिए । ‘शैक्षिक वर्ष २०८२ बाट उक्त निर्णय कार्यान्वयन हुने र विद्यार्थी भर्ना अभियान शुरु हुनुपूर्व नै यो निर्णय भएकाले सबैले पालना गर्नुहुन्छ भन्ने विश्वास छ’, गौतमले भने ।

    जनप्रतिनिधि र सरकारी सेवाका कर्मचारीहरूको ध्यान सामुदायिक विद्यालयमा नगएका कारण गुणस्तर घटिरहेको गुनासो आएको समयमा पालिकाले यस्तो निर्णय गरेको हो ।

    यो निर्णयले जनप्रतिनिधि र सरकारी सेवाका कर्मचारीहरूको सामुदायिक विद्यालयमा अपनत्व बढाउने हुँदा शैक्षिक सुधारमा प्रभाव पर्ने गाउँपालिका अध्यक्ष उत्तम राईले बताए । मोलुङ गाउँपालिका सरकारी सेवाका कर्मचारी र जनप्रतिनिधिहरूका बालबच्चा अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गर्ने जिल्लाको पहिलो पालिका हो ।

    IMG_20250409_091401.jpg

    images
    बुधवार, चैत्र २६ २०८१०९:१४:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार