Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल शिक्षक महासङ्घको आन्दोलनप्रति राज्य गम्भीर हुनुपर्छ : ढुंगाना

नेपाल शिक्षक महासङ्घको आन्दोलनप्रति राज्य गम्भीर हुनुपर्छ : ढुंगाना

  • 745
    SHARES

  • नेपाल शिक्षक महासङ्घको आन्दोलनप्रति राज्य गम्भीर हुनुपर्छ : ढुंगाना

    काठमाडौ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का निवर्तमान अध्यक्ष डिके ढुङ्गानाले नेपाल शिक्षक महासङ्घको आन्दोलनप्रति राज्य गम्भीर हुनुपर्ने बताएका छन्।

    नेपाल शिक्षक महासङ्घको नेतृत्वमा सञ्चालित आन्दोलन कुनै सामान्य विषय होइन; यो शिक्षालाई आधार मानेर समुन्नत समाज निर्माण गर्ने गम्भीर आकांक्षाको प्रतिबिम्ब भएको ढुङ्गानाको धारणा छ।

    विगतमा धेरैजसो शिक्षकहरू राजनीतिक दलहरूको सक्रिय कार्यकर्ताको रूपमा चिनिन्थे, र त्यसैअनुसार हेर्ने दृष्टिकोण पनि थियो। तर आजको परिप्रेक्ष्यमा समय फेरिएको छ, शिक्षकहरूको सोच, व्यवहार र पेशागत दृष्टिकोण परिवर्तन भएको छ ढुङ्गानाले लेखेका छन्।

    ढुङ्गानाले सामाजिक संजाल फेसबूकमा लेखेको पोस्ट यस्तो छ।

    नेपाल शिक्षक महासङ्घको नेतृत्वमा सञ्चालित आन्दोलन कुनै सामान्य विषय होइन; यो शिक्षालाई आधार मानेर समुन्नत समाज निर्माण गर्ने गम्भीर आकांक्षाको प्रतिबिम्ब हो। विगतमा धेरैजसो शिक्षकहरू राजनीतिक दलहरूको सक्रिय कार्यकर्ताको रूपमा चिनिन्थे, र त्यसैअनुसार हेर्ने दृष्टिकोण पनि थियो। तर आजको परिप्रेक्ष्यमा समय फेरिएको छ, शिक्षकहरूको सोच, व्यवहार र पेशागत दृष्टिकोण परिवर्तन भएको छ।

    अहिलेका शिक्षकहरू अधिकांश दलको निर्देशनमा मात्रै होइन, आफ्नो व्यावसायिक मर्यादा र शिक्षाको गुणस्तरलाई केन्द्रमा राख्दै अघि बढिरहेका छन्। शिक्षण पेशा अब केवल कक्षाकोठामा सीमित रहने कार्य होइन; यो समाज परिवर्तनको अभियान हो। शिक्षक समाजको सोच, संस्कार र सम्भावनालाई दिशा दिन सक्ने अगुवा हुन्।

    भोलिको समुन्नत नेपाल निर्माणमा अग्रणी भूमिका खेल्ने एक मात्र स्थायी र प्रभावशाली शक्ति शिक्षक वर्ग हो। यसैले शिक्षकहरू, विद्यालयहरू, अभिभावकहरू, शिक्षा प्रणालीमा भएको निजी क्षेत्र र राज्यको लगानी तथा समग्र शिक्षा विकासका विषयहरूलाई राज्यले गम्भीरतापूर्वक लिन अत्यावश्यक छ।

    यस आन्दोलनले उठाएका मागहरू शिक्षाको गुणस्तर, शिक्षकको गरिमा, तथा समग्र शिक्षा प्रणालीको सुदृढीकरणसँग गाँसिएका छन्। त्यसैले राज्यले यथासम्भव चाँडो, सकारात्मक र दीर्घकालीन समाधानसहित यस आन्दोलनको सम्बोधन गर्नुपर्छ। ढिलो निर्णय वा उपेक्षाले शिक्षामा अस्थिरता र समाजमा निराशा थपिन सक्छ।

    शिक्षकहरूको आवाज कुनै माग मात्र होइन, समृद्ध नेपाल निर्माणको मार्गचित्र हो। त्यसैले, राज्यका नीतिनिर्माताहरू, सरकार र सम्बन्धित निकायहरूले यस आन्दोलनलाई अवसरका रूपमा बुझेर उचित सम्बोधन गर्नु नै आजको आवश्यकता हो।

    डीके ढुङ्गाना , निवर्तमान अध्यक्ष तथा हाल प्याब्सनका प्रमुख सल्लाहकार हुनुहुन्छ । 

    images
    बिहिवार, चैत्र २७ २०८१०८:४८:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार