Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १० को परीक्षा सम्बन्धित विद्यालयले लिने सहमति

कक्षा १० को परीक्षा सम्बन्धित विद्यालयले लिने सहमति

  • 1.5K
    SHARES

  • कक्षा १० को परीक्षा सम्बन्धित विद्यालयले लिने सहमति

    काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा समितिमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकको विवाद टुंगो लगाउन गठित उपसमितिले माध्यमिक शिक्षा परीक्षा–एसईई सम्बन्धित विद्यालयले नै लिने विषयमा सहमति जुटाएको छ ।

    यस अनुसार शिक्षा विधेयक पारित भएपछि आधारभूत तह कक्षा ८ को परीक्षा स्थानीय तहले र माध्यमिक तह १२ कक्षाको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने छ । र कक्षा १० (एसईई) को परीक्षा सम्बन्धित विद्यालयले लिने छन्।

    त्यसैगरी उपसमितिमा शिक्षा विधेयकका १६३ दफामध्ये ७९ वटामा सहमति भइसकेको जानकारी दिइएको छ । उपसमितिले सांसद, ७ वटै प्रदेश, सरोकारवाला र विज्ञबाट आएका सुझावलाई आधार मानेर छलफल गरी दफाहरू टुंग्याउँदै लगेको जनाएको छ ।

    विधेयकमा परेका १७ सय ५८ संशोधनमध्ये ११ सय वटामा छलफल गरिसकेको समेत समितिले जनाएको छ ।

    images
    शनिवार, चैत्र २९ २०८१०८:५८:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार