Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षकका माग सम्बोधन गर्ने बिषयमा छलफल गर्न मन्त्री भट्टराई अर्थ मन्त्रालयमा

शिक्षकका माग सम्बोधन गर्ने बिषयमा छलफल गर्न मन्त्री भट्टराई अर्थ मन्त्रालयमा

  • 2.9K
    SHARES

  • शिक्षकका माग सम्बोधन गर्ने बिषयमा छलफल गर्न मन्त्री भट्टराई अर्थ मन्त्रालयमा

    चैत, ३१ गते/ काठमाडौं। आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने बिषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अर्थ मन्त्रालय पुगेकी छिन्। शिक्षकको सेवा सुविधाको विषय अर्थ मन्त्रालयसँग पनि जोडिएकाले शिक्षामन्त्री भट्टराई अर्थ मन्त्रालय पुगेकी हुन् ।

    मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसदको आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक संसदमा पेस गर्ने गरी शिक्षक र सरकारबीच संवाद भइरहेको छ ।

    यसअघि शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले पनि शिक्षकका कतिपय माग अबको बजेटबाट समाधान गर्नेगरी गृहकार्य भरहेको बताएका थिए ।

    शिक्षक-कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक र सरकारका प्रतिनिधिहरुबीच लगातार संवाद भइरहेको छ । अर्थमन्त्रालयमा छलफल सकिएपछि शिक्षक र सरकारबीच संवाद हुने बताइएको छ ।

    images
    आइतवार, चैत्र ३० २०८१०२:०८:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार