Jul 27 2026 | २०८३, श्रावण ११ गते

मन्त्री गुरुङको प्रश्न शिक्षकलाई - राजतन्त्र ल्याउन आन्दोलन गरेको हो?

मन्त्री गुरुङको प्रश्न शिक्षकलाई - राजतन्त्र ल्याउन आन्दोलन गरेको हो?

  • 810
    SHARES

  • मन्त्री गुरुङको प्रश्न शिक्षकलाई - राजतन्त्र ल्याउन आन्दोलन गरेको हो?

    बैशाख, ३ गते/काठमाडौं। नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षकलाई राजतन्त्र ल्याउन आन्दोलन गरेको हो भन्दै प्रश्न गरेका छन्। 

     

    आज (बुधबार) मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक पश्चात सञ्चारकर्मीहरुको प्रश्नमा जवाफ दिँदै उनले विगतका सरकारहरुले गरेको सहमतिको आधारमा आफूहरु शिक्षा ऐन जारी गर्न गम्भीर भएर लागिरहेको र आन्दोलन फिर्ता गर्न अनुरोध गर्दा समेत नमान्ने भन्दै यस्तो प्रश्न गरेका हुन् ।

     

    उनले शिक्षकहरुको मागप्रति सरकार संवेदनशील रहेको बताएका छन् । मन्त्री गुरुङले शिक्षकहरुले आफू समस्यामात्रै हेरिरहेको र सरकारले भने सबैतिर हेर्नुपर्ने भएकाले माग समाधानका लागि केही समय लाग्ने अवस्था हरको बताए ।

    ‘शिक्षकहरुको मागप्रति हामी सबै संवेदनशील छौं । पहिला सरकारले के–के सम्झौता गर्यो त्यो पनि आफ्नो ठाउँमा छदै छ । सरकार निरन्तर चलिरहने संस्था हो नि । सरकारको नेतृत्वमा को बस्छ भन्ने कुरा स्थायी कुरा होइन । शिक्षकहरुको समस्या समाधान नगर्ने भन्ने कुरा होइन । उहाँहरुले आफूलाई मात्रै हेर्नुभएको छ । सरकारले त सबैलाई हेनुपर्यो नि! समय क्रममा तलबभत्ताहरु पनि बढ्छ, उहाँहरुले उठाएको माग पनि पूरा हुन्छ । विद्यालय शिक्षा ऐन पास गर्नुपर्ने कुरामा हामी मिलाउँछौं । ऐन नआइ धेरै कुरा मिलाउन सकिँदैन,’– गुरुङले भने ।

    अहिले विद्यार्थी भर्नाको समय भएकाले शिक्षकहरु कार्यक्षेत्रमा फर्किनुपर्ने उनले बताए । सडक तताएर, हड्ताल गरेर समस्याको समाधान नहुने उनको भनाई छ।

    गुरुङले शिक्षकलाई प्रश्न गर्दै भने, ‘सरकारलाई अप्ठ्यारो पारेर राजा ल्याउन खोजेको हो त ? ’‘सडक तताएर, हड्ताल गरेर मुलुकको जे खालको परिस्थिति छ, यो परिस्थितिमा सरकारले जे कुरा अनुरोध गरेको छ, सरकारको कुरा पनि उहाँहरुले सुन्नुपर्छ । यो अहिले आन्दोलनको बेला होइन । हुँदाहुँदा अब निजामतिहरुको पनि आन्दोलन, शिक्षकले आन्दोलन गरिसक्यो, हामी आन्दोलन गर्छौं भनेको छ । अर्कोले भन्ला भोलि । निजामति नै आन्दोलनमा गयो भने के होला ? शासन, प्रशासन चल्छ ? हामीले राजतन्त्र ल्याउन खोजेको हो त ? सरकारलाई अप्ठ्यारो पारेर ?’ प्रश्न गर्दै उनले भने ।

     

    images
    बुधवार, बैशाख ३ २०८२०८:१८:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार