Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक आन्दोलन : कक्षा १२ को परीक्षा अनिश्चित

शिक्षक आन्दोलन : कक्षा १२ को परीक्षा अनिश्चित

  • 1.2K
    SHARES

  • शिक्षक आन्दोलन : कक्षा १२ को परीक्षा अनिश्चित

    बैशाख, ५ गते/ काठमाडौ। नेपाल शिक्षक महासंघको नेतृत्वमा भईरहेको अनिश्चितकालीन काठमाडौ केन्द्रित शैक्षिक हडतालको कारण कक्षा १२ को परीक्षा अनिश्चित भएको छ। विद्यालय शिक्षा ऐन नारी नहुन्जेल सामुदायिक विद्यालयका शिक्षकहरुले कक्षा १२ को परिक्षामा सहभागी नहुने भएपछी कक्षाको परीक्षा अनिश्चित भएको हो।

    राष्ट्रिय परीक्षा बोर्डले तीन महिनाअघि नै परीक्षा तालिका सार्वजनिक गरेको थियो । परीक्षाको मिति नजिकिँदै गर्दा विद्यार्थी प्रवेशपत्रसमेत लिएर तयारीमा जुटिरहेका छन् । तर, परीक्षा राष्ट्रिय बोर्डले दुई–तीन दिनको तयारीमा परीक्षा सञ्चालन गर्न सम्भव नहुने बताएको छ। त्यस्तै विद्यालयका प्रधानाध्यापकहरूले माग पूरा नभएको अवस्थामा परीक्षा सञ्चालनका लागि सडक छाड्न नसकिने जवाफ दिएका छन् ।

    बोर्डले अहिलेसम्म एक हजार ५९१ केन्द्र तोक्नेबाहेक अन्य तयारी गर्न सकेको छैन । जबकि निरीक्षक र केन्द्राध्यक्षलाई अभिमुखीकरणका लागि नै चार–पाँच दिन लाग्ने बोर्डले जनाएको छ । त्यस्तै, केन्द्राध्यक्ष र निरीक्षक तोक्न थप एक दिन तथा प्रश्नपत्र र उत्तरपुस्तिका पठाउन कम्तीमा दुई दिन लाग्छ । सबै केन्द्रमा परीक्षा गराउने मुख्य दायित्व रहने प्रधानाध्यापक विद्यालय बन्द गरेर आन्दोलनमा रहेकाले परीक्षा हुनेमा अन्योल छ ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा विद्यालय र प्रअले जिम्मेवारी नलिएसम्म परीक्षा सञ्चालन गर्न नसकिने बताएका छन। उनले तत्काल वार्ताको माध्यमबाट छिटो समाधान खोज्नुपर्ने बताए। ‘परीक्षामा केन्द्राध्यक्ष सम्बन्धित विद्यालयको प्रअ बस्नुपर्छ र उहाँले नै निरीक्षक तोक्ने हो, तर हालसम्म यो काम भएको छैन । दुई–तीन दिनको छोटो समयमा यी काम सकेर परीक्षा सञ्चालन गर्न कठिन हुन्छ,’ उनले भने, ‘परीक्षा रोक्नुहुँदैन भनेर हामीले यसअघि पनि अपिल गरेका थियौँ, बिहीबार पनि गरेका छौँ । परीक्षा रोकिँदा तयारी अवस्थामा बसेका बालबालिकामा मनोवैज्ञानिक असर पर्छ । त्यसैले वार्ताको माध्यमबाट समाधान खोजेर परीक्षा नरोक्न अनुरोध गर्छौँ ।’

    नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेधिले आफुहरु परीक्षा रोक्ने नभई सडक आन्दोलन परिक्षाका कार्यक्रममा सहभागी नहुने निर्णय गरेको बताए। साथै सुवेधिले परीक्षा सार्दा समेत केही फरक नपर्ने बताएका छन्।

    त्यसैगरी शिक्षक महासंघका सहअध्यक्ष एवं आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली आफूहरू परीक्षा रोक्ने भनेर आन्दोलनमा नआएको, तर आन्दोलन रोकेर परीक्षा गर्न नसक्ने बताउँछिन् । ‘हामी कक्षा १२ को परीक्षा रोक्ने भनेर आन्दोलनमा आएका होइनौँ, तर सरकार क्रूर बन्यो, हाम्रो मागबारे सरकार गम्भीर छैन ।

    परीक्षा बोर्डका अनुसार यसपालि १२ कक्षाको परीक्षामा पाँच लाख ५० हजार चार सय विद्यार्थी सामेल हुँदै छन् । जसमध्ये ३८ हजार पूरक तथा ०५६ सालयता विषय लागेका वा परीक्षा दिन नपाएका विद्यार्थी हुन् । बोर्डका अनुसार जापानमा पनि एउटा परीक्षा केन्द्र छ जहाँबाट १६ विद्यार्थीले परीक्षा दिँदै छन् । त्यहाँको दूतावासमार्फत परीक्षाका लागि सहजीकरण गरिएको छ ।

    images
    शुक्रवार, बैशाख ५ २०८२०८:०८:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार