Jul 28 2026 | २०८३, श्रावण १२ गते

शिक्षा विधेयक बारे प्रधानमन्त्रीले शिक्षा समितिका सांसद, शिक्षामन्त्री र सत्तारूढ दलसँग छलफल गर्ने

शिक्षा विधेयक बारे प्रधानमन्त्रीले शिक्षा समितिका सांसद, शिक्षामन्त्री र सत्तारूढ दलसँग छलफल गर्ने

  • 1.2K
    SHARES

  • शिक्षा विधेयक बारे प्रधानमन्त्रीले शिक्षा समितिका सांसद, शिक्षामन्त्री र सत्तारूढ दलसँग छलफल गर्ने

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलिले शिक्षा समितिका सांसद, शिक्षामन्त्री र सत्तारूढ दलसँग छलफल गर्ने भएका छन्। विद्यालय शिक्षा बिधेयक संसद्मा पेस गर्ने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले आज छलफल गर्ने भएका हुन्।

    प्रधानमन्त्री ओलिले शुक्रवार राति आन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग भेटवार्ताका क्रममा प्रधानमन्त्रीले शनिवार सबै पक्षसँग समन्वय गरेर टुंगोमा पुग्ने प्रतिबद्धता जनाएका थिए।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको करिब डेढ घण्टा लामो छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए।

    नेपाल शिक्षक महासंघले प्रधानमन्त्रीको आजको छलफलमा निर्भर रहेर निष्कर्ष प्रतीक्षा गर्ने भनिए पनि तत्कालका लागि आन्दोलन नरोकिने बताएको छ। महासंघले शिक्षा मन्त्रालयले सर्तसहित प्रस्ताव अघि बढाउन खोजेकाले पनि कुरा नमिलेको जनाएको छ। उनीहरूको माग भनेको शिक्षा ऐन निः सर्त रूपमा ल्याइनुपर्ने हो।

    २० चैतदेखि सुरु भएको आन्दोलनले २५ चैतदेखि शैक्षिक हडतालको रूप लिएको छ। आन्दोलनका कारण विद्यालय भर्ना, पाठ्यपुस्तक वितरण, एसइई उत्तर पुस्तिका परीक्षण लगायतका सम्पूर्ण शैक्षिक गतिविधिहरू प्रभावित भएका छन्। ११ वैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षा पनि प्रभावित हुने आशंका छ।

    images
    शनिवार, बैशाख ६ २०८२११:०१:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार