सोमवार, बैशाख ८ २०८२
काठमाडौँ । प्रधानाध्यापक संघ नेपाल (PAN) ले समसामयिक विषयमा एक बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। काठमाडौँको कन्या मन्दिर न्यौखास्थित शिक्षक आन्दोलनका क्रममा काठमाडौं आउनुभएका देशभरिका प्रधानाध्यापक (PAN) सदस्यहरू सहभागी भई एक अन्तरक्रिया आयोजना गरेको हो।
अन्तरक्रिया PAN काठमाडौंका अध्यक्ष प्रकाश सुवेदीको सभापतित्वमा र PAN का केन्द्रीय अध्यक्ष सुदाम गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न सम्पन्न भयो। उक्त कार्यक्रममा PAN का पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू तथा देशभरका प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा शिक्षक आन्दोलनलाई उपलब्धिमूलक बनाउन जोड दिइएको छ। आन्दोलन उपलब्धिमूलक हुनु पर्ने, वार्ताको माध्यमबाट छिट्टै समाधान निकालिनुपर्ने विषयमा गम्भीर छलफल भएको थियो। त्यस्तै कार्यक्रममा समसामयिक शैक्षिक विषयवस्तुहरू, PAN को दोस्रो राष्ट्रिय सम्मेलन तथा संघका आगामी गतिविधिहरू सम्बन्धी महत्वपूर्ण छलफल गरिएको छ।
भर्नाको समय, १२ को बोर्ड परीक्षा ,नयाँ शैक्षिक सत्रको प्रारम्भ तथा विद्यालयहरूमा कक्षा सञ्चालन गर्नु पर्ने समय नजिकिँदै गएका कारण, सरकारले शिक्षक आन्दोलनका अधिकतम मागहरू पूरा गर्न कदम चालनु पर्ने, सृजनात्मक समाधानसहित आन्दोलनको शान्तिपूर्ण समापन हुनुपर्ने, साथै शिक्षा ऐन प्रक्रिया अनुसार राज्यले छिट्टै ऐन ल्याउने प्रतिबद्धता जनाउनुका साथै स्पष्ट समयतालिका तयार पार्न सारोकारवाला निकाय र नेपालसरकारलाई गम्भीर बन्न आग्रह गरेको छ। सोका लागी आबस्यक समन्वय /सहजीकरण गर्ने जनाएको छ।
आन्दोलन अर्थपूर्ण समापन होस भन्ने उद्देश्यका साथ रहेको पान ,आन्दोलन लम्बिए PAN ले काठमाडौंमा करिब ४०० जना प्रधानाध्यापक तथा शिक्षकहरूको बसोबास र खानाको व्यवस्था गर्ने जानकारी समेत दिएको छ। कार्यक्रमपछि सहभागीहरूका लागि रात्रिभोजको व्यवस्था पनि गरिएको थियो।