मंगलवार, बैशाख ९ २०८२
बैशाख, ९- काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। पछिल्लो समयको घटनाक्रमलाई हेरेर र शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सारिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा सार्न निर्देशन दिएको बताइएको छ ।
परिक्षाको विषयमा बोर्डको आज बिहान बसेको बैठक परीक्षा नसर्ने जनाएपनि अन्तिम समयमा आएर परीक्षालाई केही दिन पछाडि धकलेको छ । यसबारेमा केही बेरमा बोर्ड विस्तृत जानकारी दिने जनाएको छ ।