Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षकको समस्या बार्ताबाट समाधान गर्छु- शिक्षामन्त्री पन्त।

शिक्षकको समस्या बार्ताबाट समाधान गर्छु- शिक्षामन्त्री पन्त।

  • 606
    SHARES

  • शिक्षकको समस्या बार्ताबाट समाधान गर्छु- शिक्षामन्त्री पन्त।

    काठमाडौ । नवनियुक्त शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले पदभार ग्रहण गरेका छन। बिहिबार शितलनिवासस्थित सपथ ग्रहण गरे लगत्तै सिंहदरबार स्थित कार्यकक्षमा पदभार ग्रहण गरेका हुन।

    पदभार ग्रहणमा बोल्दै मन्त्री पन्तले शिक्षकका माग बार्ताबाट समाधान गर्ने बताएका छन्। शिक्षकहरूको माग कसरी सम्बोधन गर्नुहुन्छ भन्ने प्रश्नमा नवनियुक्त मन्त्री पन्तले भने, 'भर्खर त मन्त्रालयमा प्रवेश गरेको छु। उनले भने, यो विषयको बारेमा जानकार त छु। तर हालसम्मका प्रयत्नहरूबारे पहिला जानकारी लिउँ। म वार्ताबाट समस्याको समाधान गर्ने प्रयत्न गर्नेछु। अब त बोल्नेभन्दा बढी काम गर्ने हो।'

    मन्त्री पन्तले पहिलो निर्णय मन्त्रालयको कार्यविधि तयार गर्न समिति गठन गरेका छन् । मन्त्रालयको कार्यविधि तयार समितिलाई १५ दिनको समय दिइएको छ ।

    मन्त्री पन्त निवर्तमान शिक्षामन्त्री बिद्या भट्टराईले राजिनामा दिएपछी प्रधानमन्त्री केपीशर्मा ओलिले एमालेको तर्फबाट नियुक्त गरेका हुन्।

    images
    बिहिवार, बैशाख ११ २०८२०६:११:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार