Jul 27 2026 | २०८३, श्रावण ११ गते

जायजमाग पूरा गरि आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्काउन सर्वोच्चको आदेश

जायजमाग पूरा गरि आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्काउन सर्वोच्चको आदेश

  • 1.2K
    SHARES

  • जायजमाग पूरा गरि आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्काउन सर्वोच्चको आदेश

    काठमाडौ। शिक्षकका जायज माग पूरा गरि शिक्षकलाई तीन दिन भित्र विद्यालय फर्काउन सर्वोच्च अददालतले आदेश दिएको छ। बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले बिपक्षीका (सरकार) नाममा तीन दिन भित्र शिक्षकका जायज माग पुरा गरि फर्काउन आदेश दिएको हो।

    आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ।

    शिक्षकहरू चैत २० गतेदेखि आन्दोलनमा छन्। यसले गर्दा कक्षा १२ को परीक्षामा पनि असर परेको र एसइईको नतिजामा समेत असर परेको उनको जिकिर थियो।

    FB_IMG_1745505914610.jpgFB_IMG_1745505916050.jpgFB_IMG_1745505917448.jpgFB_IMG_1745505918805.jpg

    images
    बिहिवार, बैशाख ११ २०८२०८:१८:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार