शुक्रवार, बैशाख १२ २०८२
काठमाडौ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्न खुला गरेको छ।
बोर्डले शैक्षिक सत्र २०८२ मा कक्षा १० मा साधारण परम्परागत (संस्कृत वेदविद्याश्रम गुरुकुल/मदर्ता/गोन्पा र प्राविधिक धारतर्फ नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले २०८२ सालको नियमित माध्यमिक शिक्षा परीक्षा एसईई) मा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम खुला गरेको हो।
आवेदन फारम भर्न मिति २०८२ वैशाख १२ गतेदेखि जेठ ११ गते भित्र भराउने कार्यका लागि सबै विद्यार्थी, विद्यालय, स्थानीय तहका शिक्षा महाशाखा/शाखा, शिक्षा विकास तथा समन्वय इकाइ र शिक्षा विकास निर्देशनालयको जानकारीका लागि सूचना जारिगरिएको जानकारी दिएको छ।
