Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षा क्षेत्रमा उत्पन्न जटिलता र अन्योलप्रति प्याब्सनको गम्भीर चिन्ता

शिक्षा क्षेत्रमा उत्पन्न जटिलता र अन्योलप्रति प्याब्सनको गम्भीर चिन्ता

  • 867
    SHARES

  • शिक्षा क्षेत्रमा उत्पन्न जटिलता र अन्योलप्रति प्याब्सनको गम्भीर चिन्ता

    काठमाडौ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले शिक्षा क्षेत्रमा उत्पन्न जटिलता र अन्योलप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

    चैत २० गतेदेखि जारी शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगन, नयाँ शैक्षिक सत्र प्रारम्भ नहुनु र माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिका परीक्षण रोकिएको अवस्थाले शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्त्याउने चिन्ता व्यक्त गरेको हो।

    प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिमा शिक्षा ऐनको तर्जुमा प्रक्रियालाई तीव्र बनाउँदै दीर्घकालीन समाधानको बाटो पहिचान गर्न सरकारसँग आग्रह गरिएको छ । साथै, शिक्षक महासङ्घलाई पनि सहजीकरणका उपाय अवलम्बन गर्दै निकास खोज्न अनुरोध गरिएको छ।

     

    ‘प्याब्सनले समग्र शिक्षा क्षेत्रको उन्नयन र सुदृढीकरणमा निरन्तर वकालत गर्दै आएको छ । निजी शिक्षाको आफ्नै विशिष्टता, दायित्व र सञ्चालनका विभिन्न पक्षहरू रहे पनि, निजी तथा सामुदायिक दुवै शिक्षा प्रणालीको शैक्षिक सत्र एकैसाथ सञ्चालन हुने भएकाले हालको अन्योल अवस्थाले थप जटिलता सृजना नहोस् भन्ने उद्देश्यले समयमै आवश्यक निर्णय र समायोजन गरिनु आवश्यक रहेको बिज्ञप्तिमा उल्लेख छ।

    प्याब्सनले शिक्षा क्षेत्रमा देखिएका अनिश्चितताबाट मुक्त गर्न वार्ता र संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ। साथै उक्त जटिलता र अन्यौल तत्काल जिम्मेवारीपूर्वक पहल गर्न सरकार र सरोकारवाला पक्षहरूलाई आग्रह गरेको छ।

    यस्तो छ बिज्ञप्ति 

    Screenshot_2025-04-28-12-52-52-92_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    सोमवार, बैशाख १५ २०८२११:१६:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार