सोमवार, बैशाख १५ २०८२
बैशाख, १५ गते/दैलेख । जिल्लाको दोल्लू नगरपालिकाले घरबाटै विद्यार्थी भर्ना गर्ने ब्यबस्था गरेको छ।
सोसेक नेपाल हातेमालो परियोजना दैलेखको आर्थिक सहयोग तथा रिभरेन्ट कम्प्युटर इन्स्टिच्युट दुल्लू दैलेखको प्राविधिक सहयोगमा तयार गरिएको अनलाइन विद्यार्थी भर्ना प्रणाली (Online Student Enrollment System) मार्फत अभिभावकहरुले घरवाटै दुल्लू नगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना गर्न सकिने जानकारी दिएको छ।
शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा सामुदायिक विद्यालयका शिक्षक-कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भई विद्यालय सञ्चलन नहुँदा विद्यार्थी भर्ना लगायतका महत्त्वपूर्ण कार्यहरू हुन नसकीरहेका अवस्थामा नियमित सिकाइ क्रियाकलापमा सहभागी हुन पाउने बालबालिकाहरूको हकलाई मध्यनजर गर्दै पालिकाले अनलाइन विद्यार्थी भर्ना अभियान चलाउन सकिने जनाएको छ।
१. मोवाइल वा कम्प्युटरमा Chrome वा अन्य कुनै ब्राउजर खोल्ने,
२. वेभ ठेगाना टाइप गर्ने ठाउँमा edu.dullu.org टाइप गरी Ok मा Click गर्ने वा Enter दवाउने,
३. "विद्यार्थी भर्नाको लागि यहाँ क्लिक गर्नुहोस" मा Click गर्ने
४. खुलेको भर्ना फाराममा आवश्यक विवरण भर्ने,
५. अन्तिममा भएको "पेश गर्नुहोस्" भन्ने बटनमा Click गर्ने,
६. "फाराम सफलतापूर्वक पेश भयो" भन्ने सन्देश सँगै आवेदन संख्या देखिन्छ र उक्त आवेदन संख्या टिपोट गरी पाठ्यपुस्तका लागि सम्बन्धित विद्यालयमा सम्पर्क गर्ने ।
