Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक आन्दोलन : सहमति भए मोडालिटी बदल्ने - कक्षा १२ को परीक्षा हुने।

शिक्षक आन्दोलन : सहमति भए मोडालिटी बदल्ने - कक्षा १२ को परीक्षा हुने।

  • 1.1K
    SHARES

  • शिक्षक आन्दोलन : सहमति भए मोडालिटी बदल्ने - कक्षा १२ को परीक्षा हुने।

    काठमाडौँ। नेपाल शिक्षक महासंघले सरकार संग सहमति भए आन्दोलनको मोडालिटी बदल्ने र कक्षा १२ को परिक्षामा सहभागी हुने बताएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा मन्त्रिपरिषद् बैठकबाट गर्न सकिने विषयहरूमा सहमती भए कक्षा १२ को परीक्षामा सहभागी हुने महासंघका नेताहरुले बताएका हुन्।

    शिक्षकहरु यथाशीघ्र विद्यालय शिक्षा ऐन जारीको माग राख्दै चैत २० गतेदेखि काठमाडौँकेन्द्रित सडक आन्दोलमा उत्रिएको एक महिन हुन थालेको छ। लगातार आन्दोलन गर्दै आएका शिक्षक तथा विद्यालय कर्मचारीहरू वार्ता तथा छलफललाई समेत सँगसँगै बढाएका छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा मन्त्रिपरिषद् बैठकबाट गर्न सकिने विषयहरूमा छलफल जारी छ । शिक्षकहरूले सरकारसँगको वार्ता सफल भए आन्दोलनको मोडालिटी परिवर्तन गर्ने मनसाय बनाएका छन् ।

    शैक्षिक हडताल नै घोषणा गरेर शिक्षकहरूले काठमाडौँका माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गर्दै आएका शिक्षकहरु सरकारसँग सम्बन्धित मागहरू सम्बोधन भए आन्दोलनबारे केही लचिलो बन्ने संकेत शिक्षकहरूले दिएका हुन् । यद्यपि आन्दोलनको मोडालिटी परिवर्तन गरेपनी आन्दोलन भने ऐन नआउन्जेल जारी राख्ने महासंघको तयारी छ।

     

    images
    मंगलवार, बैशाख १६ २०८२०७:५९:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार