Jul 27 2026 | २०८३, श्रावण ११ गते

निष्कर्ष आउँछ: कक्षा १२को परीक्षा तोकिएकै मितिमा हुन्छ।

निष्कर्ष आउँछ: कक्षा १२को परीक्षा तोकिएकै मितिमा हुन्छ।

  • 659
    SHARES

  • निष्कर्ष आउँछ: कक्षा १२को परीक्षा तोकिएकै मितिमा हुन्छ।

    काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच मंगलबार शिक्षा मन्त्रालय र सिंहदरबारमा भएको द्विपक्षीय वार्ता निष्कर्षउन्मुख रहेको छ। मंगलबार राती अबेरसम्म शिक्षामन्त्री, अर्थमन्त्री र गृहमन्त्रीसमेत बसेको बैठक निष्कर्षउन्मुख रहेको बताइएको छ। यद्यपि सहमति भने हुन सकेको छैन।

    सरकार र शिक्षकबीचको वार्ता सकारात्मक भएपछी बैशाख २१ गतेदेखि हुने, कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने महासंघका नेताहरुले जानकारी दिएका छन्।

    आगामी २१ वैशाखदेखि सुरू हुने कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा आफुहरू जिम्मेवार भएको नेपाल शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलन आरिचालन समितिका संयोजक नानुमाया पराजुलीले बताउनुभयो ।

    मंगलबार रातिसम्म चलेको वार्तामा शिक्षक महासंघले सरकारसमक्ष ९ बुँदे माग प्रस्तुत गरेको र वार्तामा महासंघले राखेको माग मन्त्रिपरिषदबाट पास भएमा महासंघले आन्दोलनको स्वरूप परिवर्तन गर्ने प्रतिबद्धता जनाएको बताइएको छ।

    महासंघले आफ्नो सहमतिको न्युनतम बिन्दु सरकारलाई दिएको र सरकारले निर्णय गरेमा बुधबार बस्ने महासंघको बैठकले आन्दोलनको मोडालिटीबारे निर्णय गर्ने छ।

    यता वार्तापछि बाहिरिदै गर्दा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले द्विपक्षीय वार्ता सकारात्मक दिशामा अघि बढेको र छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने प्रयास भइरहेको बताउनुभयो ।

    शिक्षक महासंघले चैत २० गतेदेखि विभिन्न माग राखी आन्दोलन गर्दै आएको छ।

    Polish_20250430_074213037~3.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार