Jul 27 2026 | २०८३, श्रावण ११ गते

छात्रवृत्ति विवरण बुझाउन संस्थागत विद्यालयलाई महानागरको निर्देशन ।

छात्रवृत्ति विवरण बुझाउन संस्थागत विद्यालयलाई महानागरको निर्देशन ।

  • 609
    SHARES

  • छात्रवृत्ति विवरण बुझाउन संस्थागत विद्यालयलाई महानागरको निर्देशन ।

    बैशाख, १७ गते/ काठमाडौँ। काठमाडौ महानगरले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरुलाई छात्रवृत्ति विवरण बुझाउन निर्देशन दिएको छ। 

    महानगरको शिक्षा विभागले सूचना जारी गर्दै कक्षा १ देखि १० सम्मका जेहेन्दार, विपन्न, असहाय, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित तथा शहीद परिवारका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्तिको व्यवस्था गर्न विद्यालयहरूलाई निर्देशन दिएको हो । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरुले कक्षा १ देखि कक्षा १० मा छात्रवृत्ति उपलब्ध गराउँदा अनिवार्य तथा निशुल्क शिक्षा ऐन, २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ अनुसार संस्थागत विद्यालयहरूले १ देखि १० कक्षासम्म विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने प्रावधान छ

    तोकिए बमोजिम छात्रवृत्ति उपलब्ध गराउन विद्यालयको सूचना पाटीमा सूचना टाँस गरी सम्बन्धित विद्यार्थी तथा निजका अभिभावकवाट आवेदन लिई २०८२ जेठ पहिलो हप्ता भित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन अनुरोध गरेको छ। साथै महानगरले छात्रवृत्तिका लागि विद्यालयस्तरमै समिति गठन गर्न भनिएको छ ।

    छात्रवृत्ति वितरण गर्दा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) मा रहेको देहाय बमोजिमको छात्रवृत्ति छनौट समितिको निर्णयवाट मात्र छात्रवृत्ति वितरण गर्नु गराउन सुचित गरेको छ। साथै समितिले छनौट गरेको नामावली मात्र मान्य हुने जानकारी दिएको छ।

    छात्रवृत्तिको विवरण महानगरको वेबसाइट datacollection.kathmandu.gov.np मार्फत पठाउनुपर्नेछ।

    यस्तो सूचना ।

    FB_IMG_1745980239928.jpg

    images
    बुधवार, बैशाख १७ २०८२०९:५०:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार