Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १२ को परीक्षामा मोबाइल फोन लगायत इलेक्ट्रोनिक्स डिभाइस निषेध।

कक्षा १२ को परीक्षामा मोबाइल फोन लगायत इलेक्ट्रोनिक्स डिभाइस निषेध।

  • 779
    SHARES

  • कक्षा १२ को परीक्षामा मोबाइल फोन लगायत इलेक्ट्रोनिक्स डिभाइस निषेध।

    काठमाडौँ । वैशाख २१ गते अर्थात भोलिदेखी सुरु हुने कक्षा १२ को परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायत इलेक्ट्रोनिक्स डिभाइस लैजान निषेध गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार एक सूचना जारी गर्दै कक्षा १२ को परीक्षा हलमा मोबाइल लगायतका सामाग्री लैजान निषेध गरिएको जनाएको हो ।

    बोर्डले जारी गरेको सूचनामा परीक्षा हलमा मोबाइल लगिए जफत गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने र ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिने जनाएको छ । परीक्षालाई मर्यादित एवम् व्यवस्थित रूपमा सञ्चालन गर्न इलेकट्रोनिक्स डिभाइसमा प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ ।

    भोलिदेखि शुरु हुने कक्षा १२को परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ । बोर्डले ५ हजार २०२ विद्यालयका विद्यार्थीको परीक्षाका लागि १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको जनाएको छ ।

    FB_IMG_1746284143363.jpg

    images
    शनिवार, बैशाख २० २०८२०९:११:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार