बुधवार, बैशाख २४ २०८२
बैशाख, २४ गते काठमाडौ। नेपाल शिक्षक महासंघले नेपाल सरकारबाट सार्वजनिक भएको नीति तथा कार्यक्रममा भएको शिक्षासँग सबन्धित वक्तव्यमा व्यक्त भएका विषयप्रति आपत्ती जनाएको छ। महासंघले सरकारको नीति कार्यक्रममा भएको ६५ र ६६ बुँदामा आपत्ति जनाएको हो।
महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारबाट सार्वजनिक भएको नीति तथा कार्यक्रममा भएको शिक्षासँग सबन्धित वक्तव्यको बुँदा नं. ६५ र बुँदा नं. ६६ ले सामुदायिक विद्यालयको मानमर्दन गरेको उल्लेख गरेको छ।
विज्ञप्तिमा लेखिएको छ, 'बुँदा नं. ६६ ले पाठ्यक्रम बारे सरकारको अज्ञानता प्रकट गरेको छ भने सोही वक्तव्यको बुँदा नं. ६५ मा व्यक्त भएको विषयले सामुदायिक विद्यालयको मानमर्दन गरेको छ । यस्तो कुरा किमार्थ स्वीकार्य नहुने जानकारी गराउँदै उक्त बुँदा अविलम्ब हटाउन माग गर्दछौं ।'
साथै महासंघले नीति तथा कार्यक्रममा व्यक्त भएको संसदको चालु अधिवेसनबाटै विद्यालय शिक्षा सम्बन्धी कानुनुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई यही अधिवेसनबाट पारीत गर्ने प्रतिबद्धताको समर्थन गरेको छ।
