Jul 27 2026 | २०८३, श्रावण ११ गते

परिक्षामा मर्यादा बिपरित कार्य गर्ने साइपल एकेडेमीका केन्द्राध्यक्ष र सहकेन्द्राध्यक्षमाथि कारबाही

परिक्षामा मर्यादा बिपरित कार्य गर्ने साइपल एकेडेमीका केन्द्राध्यक्ष र सहकेन्द्राध्यक्षमाथि कारबाही

  • 806
    SHARES

  • परिक्षामा मर्यादा बिपरित कार्य गर्ने साइपल एकेडेमीका केन्द्राध्यक्ष र सहकेन्द्राध्यक्षमाथि कारबाही

    बैशाख, २५ गते/ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले काठमाडौंको साइपल एकेडेमी सुकेधाराका केन्द्राध्यक्ष गणेश जोशी र सहकेन्द्राध्यक्ष सन्जय खतिवडालाई कार्बाही गरेको छ। बोर्डले परीक्षामा मर्यादा विपरीत कार्य गरेको भन्दै कारबाही गरेको हो।

    कक्षा १२ को आजको होटल म्यानेन्जमेन्ट विषयमा परीक्षाको मर्यादा विपरीत कार्य गरेको पाइएपछि जोशी र खतिवडालाई जिम्मेवारीबाट हटाई नयाँ केन्द्राध्यक्ष र सह केन्द्राध्यक्ष नियुक्त गरिएको राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश प्रमुख जयन्ती सत्यालले जानकारी दिनुभएको छ ।

    केन्द्राध्यक्ष जोशी र सहकेन्द्राध्यक्ष खतिवडालाई प्रहरीले पक्राउ गरेको र थप अनुसन्धान भइरहेको परीक्षा बोर्डले जनाएको छ । उनीहरूले विद्यार्थी प्रयोग गरी परीक्षा अगाडि नै प्रश्नपत्र फोटो खिचेर आफ्नो विद्यालयका विद्यार्थीकोमा पठाएको बोर्डले जनाएको छ ।

    images
    बिहिवार, बैशाख २५ २०८२११:०९:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार