Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुदूरपश्चिम बिश्वबिद्धालयमा चर्को शुल्क वृद्धि : विभिन्न विद्यार्थी संगठन द्वारा फिर्ता लिन चेतावनी !

सुदूरपश्चिम बिश्वबिद्धालयमा चर्को शुल्क वृद्धि : विभिन्न विद्यार्थी संगठन द्वारा फिर्ता लिन चेतावनी !

  • 1.1K
    SHARES

  • सुदूरपश्चिम बिश्वबिद्धालयमा चर्को शुल्क वृद्धि : विभिन्न विद्यार्थी संगठन द्वारा फिर्ता लिन चेतावनी !

    सुदूरपश्चिम विश्वविद्यालयले आकस्मिक र अनावस्यक रूपमा विद्यार्थीको ढाड सेकिने गरि शुल्क वृद्धि गरेको छ।   

    वि.एस.सी. जनरल, वि.एस.सीं आइटी, बिबिए, बिबिएस, बिएड, बिएड कम्प्युटर, बिए. मा दोब्बरले शुल्क वृद्धि गरेको पाइएको हो।

    हेर्नुस पहिले र अहिलेको शुल्क अवस्था !

    FB_IMG_1615715268355.jpg

    बिश्वबिद्धालय ले पहिलो भन्दा दोब्बर हुने गरि शुल्क बढाएपछी सर्बत्र बिरोध भैरहेको छ। 

    सुदूरपश्चिममा क्रियाशील विभिन्न ९ विद्यार्थी सङ्गठनले सुदूरपश्चिम विश्वविद्यालयले तोकेको चर्को शुल्क वृद्धि खारेजीको माग अघि सारेका छन्।

    आइतबार ९ विद्यार्थी सङ्गठनले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दे विश्वविद्यालयका सम्पूर्ण क्याम्पसमा पढाइ र सेवा सुविधा पुरानै रहेको अवस्थामा मनोमानी तरीकाले शुल्क वृद्धि भएको प्रति ध्यानाकर्षण भएको जनाएका छन्।

    नेपाल विद्यार्थी नेता अच्युतराज कलौनी, अखिल (क्रान्तिकारी) सेती महाकाली इन्चार्ज वीरेन्द्र शाह, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य भीम भट्ट, अनेरास्ववियु केन्द्रीय सदस्य कमल रोकाया, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घ सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष उमेश बिस्ट, अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशका कार्यवाहक संयोजक पुष्कर जोशीद्धारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्ति मार्फत बढसिएको शुल्क फिर्ता लिन माग गरेको छ।

    शुल्क वृद्धिको विरुद्ध कडा संघर्ष मा गर्ने चेतावनी सहित, बिग्यप्तिमा भनिएको छ,– बिश्वबिद्धालय द्वारा बढाइएको चर्को शुल्क वृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछौँ।’ FB_IMG_1615717461879.jpg

    सुदूर पश्चिमाञ्चल विश्वविद्यालयले सबै संकायमा यस वर्ष देखी लागु हुने गरी शुल्क वृद्धि गरिएको जनाएको छ।

    images
    सोमवार, चैत्र २ २०७७१२:३२:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार