शुक्रवार, बैशाख २६ २०८२
काठमाडौं, २४ वैशाख । निजी क्षेत्रद्वारा सञ्चालित विद्यालयहरूलाई गुठीमा लैजाने गरि ऐन जारी भए आन्दोलनमा उत्रिने भएका छन्। शिक्षासम्बन्धी नयाँ कानुन निर्माणको चरणमा रहँदा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कुनै पनि हालतमा जबर्जस्ती गुठीमा समावेश गरिने व्यवस्था स्वीकार्य नहुने चेतावनी दिएका हुन्।
प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले विद्यार्थी मिडियासंग कुराकानी गर्दै बिद्यालय शिक्षा ऐन बन्दा निजि विद्यालय कम्पनीमै संचालन गर्नु पर्ने ब्यबस्था कायम हुनुपर्ने, एसईई प्रदेश स्तरमा हुनुपर्ने र गणित तथा बिज्ञान अंग्रेजी भाषामा पढाई हुनुपर्ने बताउनुभयो।
उहाँले स्पष्ट रुपमा भन्नुभयो, ‘हामीले विभिन्न चरणमा सरकारसँग संवाद गरेका छौं, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, शिक्षा मन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेर हाम्रो धारणा स्पष्ट गरिसकेका छौं। सरोकारवाला निकायको सहमति विना गुठी वा ट्रष्टमा लैजाने कानुन आएमा हामी कडा आन्दोलनमा जान बाध्य हुनेछौं।’
व्यक्तिगत लगानीमा निर्मित संस्थालाई जबर्जस्ती गुठीमा लैजान खोज्नु निजी सम्पत्तिमाथिको अतिक्रमण हो। यस्तो प्रयास भए हामी सशक्त संघर्ष गर्छौं,’ उहाँले भन्नुभयो।
यसै सन्दर्भमा प्याब्सनका अध्यक्ष कृष्ण अधिकारी संग गरिएको कुराकानी हेर्नुस् ।