Jul 27 2026 | २०८३, श्रावण ११ गते

शैक्षिक हडतालको क्षति बिदामा पूर्ति गर्न महासंघको अनुरोध

शैक्षिक हडतालको क्षति बिदामा पूर्ति गर्न महासंघको अनुरोध

  • 1.1K
    SHARES

  • शैक्षिक हडतालको क्षति बिदामा पूर्ति गर्न महासंघको अनुरोध

    वैशाख २८ गते/ काठमाडौँ। नेपाल शिक्षक महासंघले काठमाडौ केन्द्रित शैक्षिक हडतालका क्रममा पठनपाठनमा परेको क्षति बर्खे वा हिउँदे बिदामा पूर्ति गर्न अनुरोध गरेको छ । महासङ्घले एक विज्ञप्ति जारी गर्दै शिक्षक/विद्यालयलाई यस्तो अनुरोध गरेको हो ।

    महासङ्घले विद्यालय शिक्षा ऐन माग गर्दै माघ २० गतेबाट २९ दिन लामो शिक्षक–कर्मचारी आन्दोलन गरेको थियो । जसमध्ये गत चैत २० देखि वैशाख १७ गतेसम्म भने काठमाडौँकेन्द्रित सडक आन्दोलन गरेको थियो ।

    आन्दोलनका क्रममा आयोजना भएको आमशैक्षिक हडतालका कारण विद्यालयको भर्ना र पठनपाठन अवरुद्ध भएकाले विद्यार्थीमा पर्न गएको शिक्षण सिकाइको क्षतिलाई ध्यानमा राखी आफ्नो अनुकूलता अनुसार हिउँदे वा बर्खे बिदामा सो क्षतिको पूर्ति गर्न सबै प्रधानाध्यापक तथा शिक्षक, कर्मचारीलाई महासङ्घले अनुरोध गरेको छ ।

    साथै महासंघले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सुनिश्चित भएको बताउँदै यो आन्दोलन अत्यन्त सफल र उपलब्धिमूलक भएको बताएको छ ।

    FB_IMG_1746927787835.jpg

    images
    आइतवार, बैशाख २८ २०८२०७:२६:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार