Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेफ अन्तर- विद्यालय एकल गायन प्रतियोगिता सम्पन्न

नेफ अन्तर- विद्यालय एकल गायन प्रतियोगिता सम्पन्न

  • 2.4K
    SHARES

  • नेफ अन्तर- विद्यालय एकल गायन प्रतियोगिता सम्पन्न

    बैशाख, २९ काठमाडौ। उत्तर भेगीय शैक्षिकसत्र मञ्च (Northern Education Forum - NEF) नेफद्वारा अयोजित अन्तर - विद्यालय एकल गायन प्रतियोगिता सम्पन्न भएको छ। नेफका अध्यक्ष तथा ओडिसी इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल नारायण रोकाको सभापतित्व र टोखा नगरपालिका वडा नम्बर एकको अध्यक्ष रमेश कुमार लामिछानेको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो।

    IMG_7216 (1).JPG

    नयाँ शैक्षिक सत्र २०८२ शुरूवात संगै आयोजना गरिएको अन्तर - विद्याय गायन प्रतियोगितामा सिनियर (७-१०) कक्षा र जुनियर कक्षा ७ सम्मका २८ जना विद्यार्थीहरु सहभागी रहेका थिए।

    हरेक बर्ष गर्दै आएको नेफको अन्तर - विद्यालय एकल गायन प्रतियोगिताको सिनियर तर्फ बुढानिलकण्ठस्थित बालबिकास माद्यामिक विद्यालयका   कक्षा ७ का सुभम भण्डारीले प्रथम स्थान हात पारे। त्यसैगरी साइपाल एकेडेमिका यन्जल बाबू कट्टेलले द्वितीय स्थान र सानोभर्‍यङ्स्थित निक एकेडेमिका आज्ञा बस्नेतले तृतीय स्थान हात पारिन्। त्यस्तै चौथो स्थान बालबिकास माद्यामिक विद्यालयका संरक्षण मगर र पाचौं स्थान अपि स्कुलका अमोङ् जंग थापाले हात पारे।

    IMG_7321 (1).JPG

    प्रतियोगिताको जुनियर तर्फ ग्रीनल्याण्ड स्कुलका छात्र आयुस पाण्डेले प्रथम स्थान हात पारे। त्यस्तै सानोभर्‍यङ्स्थित निक एकेडेमिका सुरुची खतिवडाले द्वितीय स्थान र बालबिकासकै पाल्देन शेर्पाले तृतीय स्थान हात पारे। त्यसैगरी चौथो स्थान बालबिकास कै सुस्मिता तामाङ र पाँचौ स्थान प्यारामाउण्ट एकेडेमीका रितिका घिमिरेले हात पारिन्।

    IMG_7301 (1).JPG

    उक्त प्रतियोगितामा प्रथम द्वितीय र तृतीय स्थान हात पार्ने विद्यार्थीलाई मेडल, ट्रफी सटिफिकेट र चौथो र पाँचौ स्थान हात पार्ने विद्यार्थीलाई मेडल र सटिफिकेट प्रदान गरिएको थियो।

    उक्त गायन प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि रमेश लामिछानेले विद्यार्थीहरूको क्षमता अभिबृद्धिमा यस्तो कार्यक्रम निकै उपलब्धिमुलक हुने बताए। बिद्यालय स्तरबाटै यस्तो प्रतियोगीता आयोजना गर्दा विद्यार्थीहरुको अन्तर्निहित क्षमताको प्रस्फुटन हुने र त्यसमा आफ्नो वडाले समर्थन गर्ने बताउनुभयो । साथै प्रतियोगिताले जीवन सुमधुर र गायन क्षेत्रलाई अंगिकार गर्ने ठूलो जिम्मेवारी बहन गर्न प्रेरणा मिल्ने बताउनुभयो।

    IMG_7260 (1).JPG

    कार्यक्रममा बोल्दै नेफका अध्यक्ष नारायण रोकाले विद्यार्थीहरुको विभिन्न पक्षहरुको बिकास गर्न सघाउने भएकोले शैक्षिकसत्रको पहिलो कार्यक्रम एकल गायन प्रतियोगिता आयोजना गरेको बताउनुभयो। यस्तो प्रतियोगिताले बिशेष गरि विद्यार्थीहरुले मञ्चमा प्रस्तुति दिँदा आत्मविश्वासी बन्ने र सृजनात्मकताको बिकास गर्ने रोकाले बताउनुभयो। विभिन्न गीत गाउने क्रममा विद्यार्थीहरुमा संगीत र कला प्रति सृजनशील सोचका साथै प्रतिस्पर्धात्मक भावनाको बिकास हुने उहाँको भनाई थियो।

    IMG_7237 (1).JPG

    उक्त कार्यक्रम त्रिवेणि सदन अंग्रेजी माद्यामिक विद्यालयका प्रधानाध्यापक तथा प्याब्सन बागमती प्रदेश सल्लाहकार समिती सदस्य रामहरी अधिकारीले स्वागत मन्तव्य दिनुभयो। उहाँले गायन प्रतियोगिताले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने धारणा ब्यक्त गर्नुभयो।

    IMG_7242 (1).JPG

    उक्त कार्यक्रम झोरमा अवस्थित त्रिवेणि सदन अंग्रेजी माद्यामिक विद्यालयले प्रायोजन गरेको थियो। कार्यक्रम सोही स्कुलका शिक्षक सन्तोस अधिकारीले संचालन गर्नुभयो।

    IMG_7318 (1).JPGIMG_7293 (1).JPGIMG_7355 (1).JPGIMG_7359 (1).JPG

     

    images
    मंगलवार, बैशाख ३० २०८२१०:५८:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार