बुधवार, जेठ १ २०८२
बैशाख, ३१ गते काठमाडौ। शिक्षक महासंघको नेतृत्वमा आन्दोलन गरेको नेपाल राहत शिक्षक संगठन राष्ट्रिय समिती अन्ततः फुटेको छ। सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असहमति जनाउँदै नेपाल राहत शिक्षकहरुले समानन्तर केन्द्रीय समिती घोषणा घोषणा गरेको हो।
नयाँ बनेको राहत शिक्षकहरुको हालै महोत्तरीको बर्दिबास भएको भेलाले विष्णु खत्रीको अध्यक्षमा २९ सदस्यीय नयाँ नेपाल राहत शिक्षक राष्ट्रिय समिति गठन गरेको छ। नवीनसिंह धामीको नेतृत्वमा छुट्टैनेपाल राहत शिक्षक राष्ट्रिय समिति भइरहेको अवस्थामा असन्तुष्ट शिक्षकहरुले नयाँ कार्यसमिति गठन गरेका हुन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष खत्रीले शिक्षक महासंघले आफुहरुको मागप्रति वेवास्ता गर्दै एकतर्फी ढंगले सरकारसंग सहमति गरेकाले छुटै राष्ट्रिय समिति गठन गरिएको जानकारी दिए । उनले राहत दरवन्दीमा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई पेशागत सुनिश्चिततासहित योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश लगाएतका विविध मागका साथ राष्ट्रिय समिति गठन गरिएको जानकारी दिए ।
उनले सम्पूर्ण राहत शिक्षकहरुको बिरामी बिदाको अभिलेख कायम गरी अनिवार्य वा स्वेच्छिक अवकाश हुँदाका बखत आर्थिक सुविधा उपलव्ध गराउनुपर्ने माग गरे । त्यसैगरी खत्रीले राहत शिक्षकहरुलाई सरुवा गर्नुपर्ने, दुर्गम भत्ताको व्यवस्था गरिनुपर्ने बताए । आफूहरुको बिभिन्न ९ बुँदे माग पूरा नभए असार १५ गतेपछि आन्दोलनमा उत्रिने अध्यक्ष खत्रीले चेतावनी दिए ।
१.राहत दरवन्दीमा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई पेशागत सुनिश्चितता सहित योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गरी उमेर हदसम्म पेशागत निरन्तरता दिनु पर्ने ।
२.कार्यरत सम्पूर्ण राहत शिक्षकहरुको विरामी विदाको अभिलेख कायम गरी अनिवार्य वा स्वेच्छिक अवकाश हुँदाका वखत आर्थिक सुविधा उपलव्ध गराउनु पर्ने ।
३.सरुवाको व्यवस्था हुनु पर्ने ।
४.दुर्गम भत्ताको व्यवस्था हुनु पर्ने ।
५.प्रशासनिक कार्यमा नियुक्तिका आधारमा वरिष्ठता कायम हुनु पर्ने ।
६.औषधि उपचार खर्च सुविधाको व्यवस्था हुनु पर्ने ।
७.शिक्षक सेवा आयोगको खुल्ला परीक्षामा सहभागि हुन चाहने राहत दरवन्दीमा कार्यरत शिक्षकहरुलाई उमेर हद हटाउनु पर्ने ।
८.अनिवार्य वा स्वेच्छिक अवकाश हुँदाका वखत गोल्डेन ह्याण्डसेकको सुविधा उपलव्ध हुनु पर्ने ।
९.अनिवार्य÷स्वेच्छिक वा विविध कारणले रिक्त हुन आउने राहत कोटालाई स्वतः स्वीकृत दरवन्दीमा रुपान्तरण गरी खुल्ला विज्ञापनको माध्यमवाट पदपूर्ति गरिनु पर्ने ।
अध्यक्ष: बिष्णु खत्री
सह-अध्यक्ष: सन्जिव मिश्र, बुद्धिमान दर्नाल
उपाध्यक्षमा: निरब ढकाल र बिष्णु माया तिमल्सिना
महासचिव: जीवन तिमल्सिना
उपमहासचिव: कृष्णप्रसाद अधिकारी
सचिव: नबिन थापा
कोषाध्यक्ष: चन्द्र प्रकाश पाण्डे
सदस्यहरु - इन्द्रजीत देवकोटा,मनोज मल्ल,चन्द्र बहादुर केसी,लोकराज भण्डारी,तिर्थराज सापकोटा,बिरेन्द्रराज गिरी,गुणकेसरी श्रेष्ठ,चन्डिका सापकोट,हेम दियाली,रूकु घले,आस बहादुर मगर,खड्ग गिरी,जीवनाथ दहाल,कुमार तिमल्सिना,भविन कालाखेति, सन्तोष तिवारी निर्दाेष,प्रमिला भट्टराई,राज चौधरी,रामबहादुर साही,धनिराम गौतम,धर्म दहाल,तिलक खत्री