Jul 27 2026 | २०८३, श्रावण ११ गते

आन्दोलनको असर : पूर्वाग्रही हिसाबले अनियमित शिक्षक सरुवा तथा जिम्मेवारी हेरफेर।

आन्दोलनको असर : पूर्वाग्रही हिसाबले अनियमित शिक्षक सरुवा तथा जिम्मेवारी हेरफेर।

  • 1.0K
    SHARES

  • आन्दोलनको असर : पूर्वाग्रही हिसाबले अनियमित शिक्षक सरुवा तथा जिम्मेवारी हेरफेर।

    जेठ, १ गते/काठमाडौँ। नेपाल शिक्षक महासङ्घले थालेको आन्दोलनमा सहभागी शिक्षकहरूमाथि प्रतिशोध साध्न थालिएको छ । विभिन्न जिल्लाहरूमा काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी भएका शिक्षकहरूमाथि प्रतिशोध साध्दै उनीहरूको अनियमित सरुवा तथा प्रधानाध्यापकहरूको सरुवा गर्न थालिएको हो।

    नेपाल शिक्षक महासङले शिक्षकहरूमाथि पूर्वाग्रह साँध्ने हिसाबले भइरहेको अनियमित सरुवा र प्रधानाध्यापकहरूको अन्यायपूर्ण हेरफेर प्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै विरोध गरेको छ।

    हालसम्म प्राप्त विवरण अनुसार सप्तरी जिल्ला, सुरुङ्गा नगरपालिका १४ जना शिक्षक सरुवा र प्र.अ.हरू परिवर्तन, सर्लाहीको मलङ्गवा नगरपालिकाका ४५ जना शिक्षकहरूको सरुवा, धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिकाका ५५ जना शिक्षकहरूको सरुवा, गजुरी गाउँपालिका २४ जना शिक्षकहरूको सरुवा, सिन्धुपाल्चोकको जुगल गाउँपालिका, सोलुखुम्बु जिल्लामा विगत वर्षहरूदेखि नै व्यापक रूपमा सरुवा गरिएकोमा आन्दोलनबाट फर्केका सोलु दुधकुण्ड पालिकाका २० जना शिक्षकहरूको सरुवा गरिएको र प्रअ समेत घटुवा गरी अन्यत्र पठाएको पाइएको छ।

    आन्दोलनमा सहभागी शिक्षकहरूको सरुवा गर्ने, प्रधानाध्यापकहरूलाई जिम्मेवारीमुक्त गरिदिने कार्य बढेको भन्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले आपत्ति जनाएको छ । साथै यस्तो असंवैधानिक कार्यहरू तत्काल खारेज गरी पूर्वावस्थामा बहाल गर्न माग गरेको छ ।

    सरुवा पूर्वाग्रह प्रेरित, शिक्षकहरूको ट्रेड युनियनलाई कमजोर पार्ने उद्देश्यसहित गरिएको देखिएको र यसले शिक्षक समुदायमा मानसिक त्रास सिर्जना गर्नुका साथै शिक्षण सिकाइ वातावरणमा प्रतिकूल असर पारिरहेको संगठनको ठहर छ । साथै यस्ता अराजक र असंवैधानिक कार्यहरू तत्काल खारेज गरी पूर्वावस्थामा बहाल गर्न, शिक्षकहरूको मनोबल कमजोर पार्ने कार्य नगर्न सबै पालिकाहरूलाई आग्रह गरेको छ ।

    शिक्षा क्षेत्रको स्थायित्व, सम्मान र गुणस्तर कायम राख्न शिक्षक सङ्गठनहरूसँग सहकार्य गरेर अघि बढ्न समेत अनुरोध गरेको छ ।

    images
    बिहिवार, जेठ २ २०८२०८:३१:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार