बिहिवार, जेठ २ २०८२
बैशाख, १ गते/ काठमाडौ। नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले काठमाण्डौको आयोजनामा बस चालक तथा सह-चालकहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी जेठ ३ गते राष्ट्रिय नाचघरमा काठमाडौ जिल्ला प्याब्सन अन्तर्गत सदस्य विद्यालयका बस चालक तथा सह-चालकहरुको लागी सडक सुरक्षा बारे बिशेष अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको भएको हो।
काठमाडौँका सदस्य विद्यालयमा सेवारत चालक कर्मचारीहरूलाई सचेतना जगाउने उद्देश्यले 'चालक तथा सचालक अभिमुखी करण कार्यक्रम' आयोजना गर्न लागेको प्याब्सन काठमाडौ जिल्लाका अध्यक्ष नवराज भट्ट बताउनुभयो । उक्त कार्यक्रममा चालक तथा सह-चालकहरुले विद्यार्थी संग गर्ने व्यबहार, बोल्ने शैली, विद्यार्थी ल्याउदा तथा पुर्याउदा पालना गर्नुपर्ने नियम, ट्राफिक ब्यबस्थापन र सडक सुरक्षा बारे सचेतनाको लागि अभिमुखिकरण कार्यक्रम संचालन गर्न लागेको अध्यक्ष भट्टको भनाई छ।
उक्त कार्यक्रममा काठमाडौमा रहेका बिद्यालयका करिब ८ सय भन्दा बढी चालक र सह- चालकहरुको उपस्थिति रहने बताइएको छ। भने सचेतना तथा अभिमुखिकरणको लागि ट्राफिक प्रहरीका अधिकृतहरुको बिशेष उपस्थिती रहने बताइएको छ।
साथै कार्यक्रममा विभिन्न गाडिका कम्पनिका प्राबिधिकहरुले बस तथा अन्य सबारिसाधनका पार्टपुर्जा र त्यसको मर्मतसम्भार गर्ने बारे जानकारी दिने बताइएको छ। उक्त कार्यक्रमको संयोजन काठमाडौ जिल्ला प्याब्सनका उपाध्यक्ष सुर्य बहादुर केसिले संयोजन गर्ने जानकारी दिएको छ।
